चितवन, भदौ २० : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज माडी जाँदै छन् । माडीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ चितवन आउँदै छन् । उनी आज माडीमै बस्ने छन् ।
माडी एफएमको १३औं वार्षिकोत्सव कार्यक्रमको गृहमन्त्रीले करिब १०ः४५ बजे उद्घाटन गर्ने छन् । उक्त कार्यक्रमलाई सम्बोधन गरेपछि माडी–५ ढिकुरबारीमा शहिद तिलक खाती स्मृति पार्क शिलान्यास, इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परियपत्र विभागको स्टेशन उद्घाटन र दिवाकर प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने छन् ।
त्यस्तै, दिउँसो करिब ३ बजेतिर माडी क्याम्पसमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाइसिएल नेता सन्तोष पनेरुले बताए । भोलि बिहान करिब ८ बजे माडी नगरपालिकामा जनप्रतिनिधि र सर्वदलीय अन्तरक्रिया हुने उनले जानकारी दिए । त्यस लगत्तै गृहमन्त्री श्रेष्ठलाई माडीबाट विदाई गर्ने कार्यक्रम छ ।