चनौली । पश्चिम चितवनको चनौलीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखा, भरतपुर–२६,चनौली बसन्तचोकमा रहेको जनता केयर हस्पिटल प्रालि र चनौली टोल विकास सस्थाको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा हस्पिटलका पाँच जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गरेकाथिए । ६५ वर्षे पार्वती खनालको स्वास्थ्य परिक्षण गर्दै शिविरको उद्घाटन गरिएको हो।
भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालको आतिथ्यतामा सम्पन्न शिविरमा बोल्दै वडाध्यक्ष खनालले चनाैली रेडक्रसको निम्ती वडाले सक्दो सहयोग गर्ने
वताए।उनले चनाैली रेडक्रस जिल्लामै उत्कृष्ठ शाखाको रूपमा रहेकोमा प्रशंसा गरेका थिए।
चनौली उपशाखाका पूर्वसभापति लक्ष्मीकान्त दवाडी र सल्लाहाकार संयोजक एकनारायण पौडेल सचिव चुडाँमणी पौडेल,नेरेसो चितवनका उपकोषाध्यक्ष चिज कुमार आले, डा.झपेन्द्र सापकोटा,चनौली टोलविकास सस्थाका अध्यक्ष कालिका प्रसाद खनाल, जनता केयर हस्पिटल प्रालिका प्रबन्ध निर्देशक राजन त्रिपाठी, हुमनाथ ढकाल,दिव्यनगर उपशाखाका टिकाप्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो। रेडक्रस चनौली उपशाखाका श्वास्थ समिती संयोजक रामप्रसाद ढकालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
शिविरमा मुटु सम्वन्धी रोग, हाडजोर्नी तथा नसा सम्वन्धी रोग, महिला तथा प्रशुती सम्वन्धी रोग, सुगर, तथा ब्लडप्रेसर जाचसेवा, निशुल्क औषधी सेवा, डेङ्गु सम्वन्धि परामर्श, वृध्द तथा अशक्तलाइ एम्वुलेन्स सेवा प्रदान गरीएको नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापती ओमप्रसाद लामछिानेले जानकारी दिए।
शिविरमा १५० जनाले परिक्षण लिएको र ल्याव तथा विविध परिक्षणमा रु ५० हजार र करीव ५० हजार बरावरको औषधीे निशुल्क वितरण गरीएको उनले वताए। यो शिविरले आदीवासी तथा विपन्न वर्ग प्रतक्ष्यरुपमा लाभान्वित भएको उनले वताए।