भरतपुर । हरितालिका तीजको अवसरमा यस वर्ष पनि सिनर्जी एफ।एम। ९१।६ मेघाहर्जले तीजको लहर २०८० गर्ने भएको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज र तीज गीतको मौलिकता जोगाउन र प्रवर्धन गर्न ‘तीजको लहर–२०८०’ आयोजना गर्दै आएको रेडियोले यस पटक ‘बन, वन्यजन्तु र पर्यावरण संरक्षण महिलाको भूमिका’ विषयमा खुल्ला तीज गीत प्रतियोगिता गर्न लागेको हो । भदौ ३० गते हुने प्रतियोगीताकको लागि सिनर्जी एफ।एमको कार्यालयमा वा ०५६–५१७४७२ र ९८५५०८०९११ मा सम्पर्क गरेर नाम दर्ता गर्न सकिने छ ।
तीज र तीज गीतको मौलिकता जोगाउन र प्रवर्धन गर्न आयोजना गरिएको यस प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले ‘बन, वन्यजन्तु र पर्यावरणको संरक्षणमा महिलाको भूमिका’ विषयमा तीजको मौलिक भाकामा गीत तयार पार्नु पर्ने सिनर्जी एफ।एमका कार्यक्रम संयोजक रबिन सुवेदीले बताउनु भयो । उहाँका अनुसार समूहमा बढीमा ७ जना मात्र सहभागी भई छ मिनेट भित्र प्रस्तुत गरिसक्नु पर्नेछ ।
प्रतियोगिता सिनर्जी एफ।एम।को परिसरमा भदौ ३० गते, शनिवार १० बजे देखि हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण सिनर्जी एफ।एम र सिनर्जी एफ।एमको आधिकारिक सामाजिक सञ्जालहरूबाट समेत गरिने छ। भने प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार सहित ५० हजार बराबरको उपहार सामाग्री पाउने छन् । द्धितिय हुनेले २० हजार सहित ५० हजार बराबरको उपहार सामाग्री , तृतीय हुनेले १५ हजार र सान्त्वना हुने दुई टोलीलाई पनि प्रमाणपत्र सहितका अवकर्ष उपहारहरू पुरस्कार स्वरूप प्रदान गरिने छ ।
यस प्रतियोगिताको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति प्रवर्धकको रूपमा रहेको छ । समितिका अध्यक्ष प्रकाश ढुंगनाका अनुसार सिनर्जी एफ।एमले आयोजना गरेको तीज गीत प्रतियोगिताले संस्कृतिसङै बन र वन्य जन्तुको संरक्षण र सचेतनामा टेवा पुग्ने छ ।