चितवन, असोज ८:भरतपुर अस्पतालले करार सेवामा डाक्टर, नर्स र प्राविधिक कर्मचारी माग गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गरी कर्मचारी मागेको हो ।
अस्पतालले ‘भरतपुर अस्पताल करार तथा ज्यालादारी कार्यविधि २०७९” अनुसार रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रिसिन, फिजिसियन, मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसिन माग गरेको छ ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त फारम भर्न भनिएको छ ।