जापानमा एक नेपाली विधार्थीले झुण्डिएर आत्महत्या गरेका छन् । धादिङको थांक्रे गाउंपालिका वडा नम्बर ८ का दिनेश थापालेसेप्टेम्बर २५ तारिख विहान ५ बजेको समयमा आत्महत्या गरेका हुन् ।
अध्ययनको शिलशिलामा जापानको हिगासी निहोन कोकुसाईदाई गाकोउ फुकुशिमा केन ईवाकी सिटिमा बस्दै आएका थापाको आत्महत्या कारण खुल्न बांकी छ । मृतक थापाको शव नेपाल ल्याउनआर्थिक संकलन भईरहेको मृतकका काका उत्तम थापाले बताउनुभयो ।
घरको आर्थिक अवस्था कमजोर रहेकाले जापानमा रहेको NPO NRNA जापानलाई आर्थिक संकलन गरि शवलाई नेपाल पठाउन अनुरोध गरिएको उहांले बताउनुभयो ।