चनौली,१९ असोज । पश्चिम चितवनको ब्यस्त बजार भरतपुर महानगरपलिका २० चनौलीमा खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको पाइएको छ ।
भरतपुर महानगरपालिकाको अनुगमन टोलिले आज गरेको अनुगमनका क्रममा चनौलीमा रहेको मुस्कान मासु पसलमा खसी भनेर बाख्रीको मासु बेचेको पाइएको हो । टाेलीले बाख्रीलाई खसी बनाउन पुजामा प्रयोग गरिने अखाद्य पहेँलो रग समेत बरामद गरेको छ ।बरामद गरिएको मासु लाई महानगरको टोलिले खाडल खनी नष्ट गरेको छ ।