गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमी बर्डिङ स्कुलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विदेशमा रहेर पनि जन्मभुमि गाउँमा हुने विकास संगै रहेक कार्यमा विशेषगरी विद्यार्थीलयमा सहयोग पुर्याउँदै आइरहेकाे भन्दै विद्यालयकाे तर्फदेखि जापान समाज पाण्डबखानीका प्रतिनिधि दिपक छन्त्याल,रेशम दर्जी र युके समाज पाण्डबखानीका प्रतिनिधि मिलन छन्त्याललाई स्वागत तथा सम्मान गरिएको शिक्षक खिम काउचाले जानकारी गराउनु भयाे ।
यसैविच एकमुष्ट २० हजार ५ सय सहयोग प्रदान गर्नु भएको थियाे । त्यस्तै सुनपानी गाउँमा हुने साना तथा ठुलाे कार्य संगै समाजप्रति माया गरेर नियमित सहयोग गरेकाे भन्दै सुनपानी आमा समूह, सुनपानी टाेलले पनि सम्मान गरेकाे टाेल सुधार समितिका संयाेजक हं गंगाबहादुर घर्ती पुनले जानकारी गराउनु भयाे।