चनाैली । एनएमवि वैकमा करियर नदेखे वाहिरिएका कृष्ण प्रसाद दाहाल सिन्धु विकास वैकको ए.एम. वन्न पुगेकाछन।
एनएमवि वैकका चनोली शाखाका शाखा प्रवन्धक कृष्णप्रसाद दाहाल विगत लामो सयम देखी वैकिङ क्षेत्रमा तल्लीन व्यक्ति हुन । उनले वैकीङ क्षेत्रमा विभिन्न तहमा कामको अनुभव वटुलदै गर्दा यस क्षेत्रलाई नै कर्मधलो वनाएका दाहाल अन्तत एनएमवि वैक वाट वाहीरियका छन् ।
आज भन्दा करिव २० वर्ष अगाडी पोखरा स्थित गण्डकी विकास वैक लिमिटेड वाट जुनियर पोष्टमा वैकिङ करियर सुरुगरेका दाहाल हाल सिन्धुपाल्चोक जिल्लाको पहिलो विकाश वैकको रुपमा खोलिएको सिन्धु विकास वैकको ए.एम. पदमा नियुक्त भएका हुन । सरल ,मिजासिला र साहित्य क्षेत्रमा रूची राख्ने दाहाल संर्घषले खारीयका व्यक्ती मानिन्छन। निज सगं वैकले आउदा दिनमा सिन्धु विकास वैकलाइ थपनयाँ उचाईमा पुराउने विश्वास लिएको छ ।


