गलकाेट नगरपालिका वडा नम्वर १० पाण्डबखानीकाे एक गोठमा आगोलागी भएको छ ।
भैसीलाई कुँडो पकाउने क्रममा राति करिब साडे १० बजे स्थानीय भिमा घर्तिको गोठमा आगोलागि भएको स्थानीय शिब घर्ति र विसाल घर्तिले जानकारी दिएका छन् ।
आगोलागीबाट गोठमा रहेको एक माउ भैसी संगै काठ तथा टिनको छानो र दाउरा पूर्ण रुपमा नष्ट हुँदा करिब ४ लाख बराबरको क्षती भएको सुनपानी टाेल संस्थाका संयाेजक हं गंगाबहादुर घर्ति पुनले बताउनुभयो ।
आगो जनप्रतिनिधि, छिमेकी टाेल काफ्रेका केहि युवाहरु र स्थानीयहरुको सक्रियतामा करिब साडे १ घण्टामा पुर्णरुपमा नियन्त्रणमा लिईएको थियाे ।