नेपाली काँग्रेसका महामन्त्री, प्रतिनिधि सभा सदस्य एवम् युवा नेता विश्व प्रकाश शर्मा मसिंर ३० गते बागलुङको बुर्तिबाङ आउनुहुने भएको छ ।
नेपाली काँग्रेस बागलुङ निर्वाचन क्षेत्र न. २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न शर्मा बुर्तिबाङ आउनुहुने भएको हो । मंगलबार बुर्तिबाङमा आयोजित क्षेत्रिय सम्मेलन सम्बन्धमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा क्षेत्रीय सभापति जोकलाल बुढा मगरले सम्मेलनमा पार्टीका महामन्त्री शर्मा आउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
पार्टीको राजनैतिक तथा सांगठनिक प्रतिवेदन सहित विगतमा पार्टीले गरेका गतिबिधिहरुको समिक्षा र भावि कार्यदिशा निर्माण गर्ने उद्धेश्य सहित आयोजित सम्मेलनको तैयारी समेत पुरा भएको उहाँले बताउनुभयो।
सम्मेलनमा बागलुङ क्षेत्र न. २ अन्तर्गतका ६ वटा पालिकाका ४८ वडाबाट ८ सय प्रतिनिधि सहित झण्डै २ हजार नेता कार्यकर्ता तथा सुभेच्छुकहरुको उपस्थिति रहने समेत बुढाले जानकारी दिनुभयो । केन्द्रको पार्टीको नीति तथा कार्यक्रमको बारेमा समेत जानकारी गराउने सम्मेलनको उद्धेश्य रहेको उहाँको भनाई छ ।