गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडकाे १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
गलकाेट नगर कार्यपालिकाका सदस्य रामप्रसाद वि.कले इमेज सहकारीकाे हर्कट हुन नदिन सबै भन्दा महत्त्वपूर्ण शेयर सदस्य बचतकर्ता हरुकाे ठुलाे भुमिका रहेकाे भन्दै हाम्रै घर दैलाेमा रहेकाे दुई सहकारीमा ढुक्क भएर निमित बचत र शेयर राख्न आग्रह गर्नु भएको थियाे। सहकारीले हालसम्म३९८ शेयर सदस्य,२२ सयमाथी बचतकर्ता, करिव८ कराेड लगानी गरेकाे सहकारीले१७ लाख नाफा गरेकाे सहकारीका प्रबन्धक दिप घर्तिले जानकारी गराउनु भयाे साविक गाविस रिघा, सिसाखानी, रणसिहकिटेनी र मल्म र पाण्डबखानीलाइ कार्य क्षेत्र बनाएकाे छ ।
अध्यक्ष प्रतिवदन ज्ञान श्रीस, लेखा प्रतिवेदन लेखा संयाेजक लालप्रसाद पुन र प्रबन्धक प्रतिवेदन प्रबन्धक दिप घर्तिले प्रस्तुत गर्नु भएको थियाे। त्यस्तै कार्यक्रमकाे अवसरमा निमित बचतकर्ता सम्मान, कुसल श्रृणी सम्मान ग्रामीण बस्तीमा रहेर पनि पत्रकारीता क्षेत्रबाट याेग्दान दिएकाे भन्दै घुम्टे खबर डटकमका कार्यकारी सम्पादक सुरेश छन्त्याललाइ मायाकाे चिनाे सहित सम्मान संगै कार्यक्रमअवधिभर सहभागी हुनेहरुलाइ रु.५ सय भत्ता वितरण र शेयर सदस्यहरुलाइ लाभांश वितरण गरिएको थियाे ।
सहकारीका अध्यक्ष ज्ञानबहादुर श्रीसकाे अध्यक्षता नगर सभा सदस्य रामप्रसाद वि.क काे प्रमुख आथितियता सहकारीका सदस्य नन्दु श्री घम्विरेकाे संवागत मन्तव्य संगै कार्यक्रमकाे संचालन सचिव खिम काउचाकाे संचालनमा सम्पन्न भएको छ।