पञ्चधारा युवा क्लव गलकोट नगरपालिका वडा नम्वर १० को २७ औँ वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन भईरहेको छ ।
ऐतिहासिक तथा धार्मिक स्थल पञ्चधारा जाउँ, ऋषिश्वरको दर्शन गरी पुण्य कमाऔँ भन्ने नाराका साथ पञ्चधारा युवा क्लव गलकोट नगरपालिका वडा नम्वर १० को गत पुष २६ गतेबाट २७ औँ वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन भईरहेको हो । कार्यक्रमको मुल समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले घुम्टेको काखमा रहेको पाण्डवखानी पाँच पाण्डवले खानी खनेको ठाउँ तथा विभिन्न जनसमुदायहरु एकता भएर बसेको स्थान भएको बताउनुभएको छ । उहाँले स्थानीय बारीहरुमा उत्पादन हुने भाङ्गोलाई वैधानिकता दिन प्रदेश सरकारले ध्यान दिने बताउँदै स्थानिय कला, संस्कृति र धर्मलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै संविधान सभा सदस्य निरज पुनले कार्यक्रमकाे सफलताको शुभकामना दिदै माघेसंत्रान्ती मगर समुदायले मान्दै आइरकाे हुदा मगरहरुकाे ठुलाे पर्व रहेकाे बताउनु भयाे।
शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको अवसरमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।
कार्यक्रम पञ्चधारा युवा क्लवका अध्यक्ष तिलक श्रीसको अध्यक्षता, सुवेदार चन्द्रलाल काउचाको स्वागत र खर्क श्रीस र मुस्कान पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।