राष्ट्रियता प्रजातन्त्र उदारवाद भन्ने नाराका साथ गलकाेट नगरपालिका ३ हटिया बजारमा राष्ट्रिय प्रजान्त्र पार्टी जिल्ला कार्य समिति बागलुङद्धारा आयाेजित पार्टी प्रवेश तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रजान्त्र पार्टी गलकाेट नगर अध्यक्ष डमरबहादुर केसीकाे अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजान्त्र पार्टी क्षेत्र नम्बर १ का अध्यक्ष लक्ष्मिप्रसाद साप्काेटा, महिला संगठनकी अध्यक्ष निर्मला साप्काेटा, सहभागीकाे तर्फबाट वसान्त थापा लगाएतले आफ्नाे धारण सहित मन्तव्य राख्दै राष्ट्रिय प्रजान्त्र पार्टी क्षेत्र नम्बर १ का अध्यक्ष लक्ष्मिप्रसाद साप्काेटाले अब प्रत्येक वडा तथा पालिकामा पुगि पार्टीलाइ बलियाे र सुदृढ बनाउनका लागि अभियान सुरु गर्ने बताएका थिए ।
कार्यक्रमकाे अवसरमा केहि सक्रिय युवाहरुले टिका र खाता लगाएर पार्टी प्रवेश गरेका थिए, भने कार्यक्रम संचालन राष्ट्रिय प्रजान्त्र पार्टी जिल्ला सचिव तथा अधिवक्ता विष्णु साप्काेटाले संचालन गर्नु भएको थियाे।