आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अहिले जारी नेपाल र नामिबियाबीचको खेलमा नेपालका सोमपाल कामीले तीन विकेट लिएका छन् । योसँगै नामिबियाले पाँचौँ विकेट गुमाएको छ ।
यसअघि नेपालका ललित राजवंशीले दुई विकेट लिएका थिए । नामिबिया नेपालले दिएको १ सय ३३ रनको झिनाे लक्ष्य पछ्याइरहेको छ ।
याे समाचार तयार पार्दासम्म नामिबियाले २७ ओभरमा पाँच विकेट गुमाएर १ सय २ रन बनाएर खेलिरहेकाे छ ।