‘रेडक्रस चनौली उपशाखालाइ चितवनकै एक नम्बर बनाएका छौँ’– सभापती ओमप्रसाद लामिछाने
रामशरण गैरे
रेडक्रस हरेक विपद्को समयमा अग्रपंक्तिमा खटिने संस्था हो । मानविय सेवा नै यसको मुख्य धर्म हो । यसले बाढी, पहिरो, आगलागी, डुवान, लगायतका महामारीका कारण समस्यामा परेका मानिसहरुलाई निस्वार्थ र निष्पक्ष रुपमा उद्धार तथा राहत प्रदान गर्दै आइरहेको छ । कुनै कसैलाई पक्ष विपक्ष नगरि रेडक्रसको नीति नियम र मापदण्डअनुसार निस्वार्थ काम गर्दै आइरहेकोले पनि मानिसहरुको रेडक्रसप्रति विश्वास बढेको पाइन्छ । अहिले रगत अभाव हुदा निरन्तर रक्तदान कार्यक्रम अयोजना गरेर मानविय सेवामा लागिरहेको छ । रेडक्रसले विभिन्न ठाउँमा रहेका आफ्ना स्वयं सेवकहरु परिचालन गरेर विपद्मा परेकाहरुको उद्धार गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाईटी चनौली उपशाखाले विपद्को समयमा यहाँका नागरिकहरुका लागि के कस्ता कार्यहरु गर्दै आएको छ भनेर चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेसँग पत्रकार रामशरण गैरेले गरेको कुराकानी ।
१. चनाैलीमा रेडक्रसको स्थापना किन गरियो ?
कुनै पनि संघ–संस्था स्थापना हुनु सबैका आ–आफ्नै उद्देश्यहरु हुन्छन् । त्यसरी नै रेडक्रस पनि आफ्नो छुट्टै लक्ष्य र उद्देश्य लिएर स्थापना भएको थियो, त्यो हो मानविय सहयोग गर्नु । विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्नु यसको मुख्य उद्देश्य हो । यसरी विपत्तिमा परेका व्यक्तिहरुको सहयोग गर्न वि.सं २०५१ साल मंसीर १७ गते चनौलीमा रेडक्रसको स्थापना भयो । यसको संयोजक स्व.टेकबहादुर घले, उपसंयोजक स्व.नेत्रलाल पौडेल, सचिव हुमनाथ ढकाल, कोषाध्यक्ष एकनारायण पौडेल र सदस्यहरू चुडामणी उपाध्याय, बुद्धिमान लामा, मिठुदेवी लामिछाने, सत्यमोहन अधिकारी, सुर्यचन्द्र दवाडी, करुणानिधि अर्याल रहेका थिए।
यसले विभिन्न विपतका कारण पीडित व्यक्तिहरुको लागि सहयोग र उद्धार गर्दै आइरहेको छ । जुनसुकै विपदमा रहेका व्यक्तिहरुलाई सहयोग गर्नु रेडक्रसको धर्म हो ।चितवनका अस्पतालहरुमा रगतको आवश्यकता बढी हुँदा बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिने गरेको अवस्थामा हाम्रो उपशाखाले रगतको अभाव भैरहँदा हरेक ३ महिनामो रक्तदान कार्यक्रम गर्दै आएको र स्थानीयस्तरमा रक्तदान कार्यक्रमहरुलाई अभियानका रुपमा लगेको छ। यो उपशाखाले ४७ औं जिल्ला वार्षिक साधारण सभामा उत्कृष्ट उपशाखाको सम्मान तथा पुरस्कार पाएको थियो।
२. नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले अहिले के कस्ता कार्यहरु गर्दै आइरहेको छ ?
विगतका दिनहरूमा विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण देशमा जुन संकट उत्पन्न भयो त्यसको लागि नेपाल रेडक्रस सोसाईटी चनैाली उपशाखाले सुरु सुरुको समयमा आफ्ना एम्बुलेन्स मार्फत कोरोना सम्वन्धी सचेतनामूलक जिङ्गल बनाएर प्रचार प्रसार ग¥यो । त्यसका साथै विभिन्न सञ्चार माध्यमहरु रेडियो, पत्रपत्रिकाबाट पनि सूचना तथा जिङ्गलहरु प्रचार प्रसार गर्नु का साथै भरतपुर महानगरपालिकाका विभिन्न वडाहरुमा स्थापना गरिएका क्वारेन्टिनमा सरसफाइ सम्वन्धी किटहरु मास्क, सावुन, ब्रस, मन्जन लगायतका सामग्रीहरुका साथै महिला दिदी बहिनीहरुका लागि पनि डायनामिक किटहरु उपलब्ध गराइयो ।
यहाँ एम्बुलेन्स पनि निरन्तर सेवामा लागिरहेको छ् भने रेडक्रस कर्मीहरु पनि जहाँ जोखिम छ, त्यहाँ आफू सुरक्षित रहेर जोखिम कसरी न्युनिकरण गर्न सकिन्छ भनेर लागिरहनु भएको छ । यसले गर्दा चनाैली उपशाखाको तर्फबाट गर्नुपर्ने कामहरु सन्तोषजनक रुपमा नै गरिरहेको अवस्था छ ।
३. हरेक विपतमा रेडक्रसले मानवीय सहायता उपलब्ध गराउँदै आएको छ । यसको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
हामीले हरेक विपद्मा परेका मानिसहरुलाई सहयोग गर्दै आएका छौँ । यसको मुख्य व्यवस्थापन भनेको नै स्सथानिय हयोग दाताहरुबाट हो । हामीसँग आर्थिक एकदमै न्युन हुन्छ । तर पनि विभिन्न व्यक्ति तथा संघ–संस्था, व्यापारी, वुद्धिजिवी, सहयोगी दाताहरुबाट उपलब्ध भएको राहत पारदर्शी तरिकाले वितरण गर्ने गर्दछौँ । त्यसका साथै जिल्ला शाखा र अन्य दाताहरुबाट पनि सहयोग हुन्छ । पहिले स्थानीय सरकार नहुँदा हाम्रो स्रोतहरु धेरै हुन्थ्यो भने अहिले राहत वितरण लगायतका कामहरु स्थानीय तहबाटै हुने गरेको छ । तर पनि हामीले स्थानीय सरकारसँग सहकार्य गरेर हाम्रा काम गरेकाच छौँ । जुटेको सहयोग पनि क–कसले उपलब्ध गराएको उनीहरुको विवरण पत्रपत्रिका, सामाजिक सञ्जाल मार्फत प्रकाशित गर्ने गरेका छौँ ।
४. कोरोना कहरका कारण समस्यामा परेका नागरिकहरुका लागि के कस्ता सहयोग गर्नुभयो ?
पश्चिम चितवनमा कोरोनाको महामारी सुरु भएदेखि नै सर्वप्रथम हामीले विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक जिङ्गगलहरु प्रचार प्रसार ग¥यौँ ।अनि त्यसपछि पश्चिम चितवनमा स्थापना गरिएका सबै क्वारेन्टिनहरुमा सरसफाइ सम्वन्धी किट लगायत अन्य ठाउँहरुमा झुलहरु पनि वितरण गरियो ।त्यसैगरी एकदमै विपन्न नागरिक जो छाक टार्न मुस्किल परेका हुनुहन्थ्यो, उहाँहरुलाई खाद्यान्न समेत वितरण गरिएको थियो । यसमा के छ भने राज्यले गर्न नसकेको कुरा हामीले गर्न सक्ने कुरा पनि भएन । तर त्यसमा हाम्रो स्रोत साधनले भ्याएसम्म सबै ठाउँमा निस्वार्थ र निष्पक्ष सहयोग गरेका छौँ ।
५. राहत वितरणलार्ई निष्पक्ष र प्रभावकारी बनाउँन के कस्ता मापदण्डमा आधारित रहेर काम गर्नु हुन्छ ?
रेडक्रस जुनसुकै प्रकोप वा विपद् आउँदा पनि उद्धार तथा राहत वितरणमा अग्रपंक्तिमा नै देखिने गरेको छ । राहत वितरण गर्दा अरुले औँला ठड्याउने गरेर वितरण गर्दैनौँ । हाम्रो एउटा मापदण्ड हुन्छ । नीति नियम हुन्छ । त्यो नीति नियम र मापदण्डमा परेकालाई हामीले राहत दिने गरेका छौँ, र त्यसको सर्वे पनि गरिने भएको हुनाले निष्पक्ष र निस्वार्थ रुपमा नै छ । म रेडक्रसमा आएको धेरै वर्ष भयो अहिलेसम्म त्यस्तो कुनै वादविवाद, अनियमितता भएको अवस्था छैन ।
६. वर्षातको समयमा पश्चिम चितवनमा बाढी र डुवान जोखिम एकदमै हुने गर्दछ ? त्यसको व्यवस्थापनमा रेडक्रसको भुमिका कस्तो रहन्छ ?
हरेक विपद्हरुमा रेडक्रसको भूमिका अग्रपंक्तिमा नै हुने गरेको थियो । तर अहिले स्थानीय सरकार आइसकेपछि विपद् व्यवस्थापन समिति बनाएको छ । विपद्को बेला आवश्यक पर्ने सामग्रीहरु हामीले चनौली प्रहरी कार्यालयलाइ हस्तान्तरण समेत गरेका छौ । खाद्यान्न तत्काल खरिद गर्न सकिने अवस्था रहेकोले अहिले नै खरिद गर्ने र अन्य सामग्रीहरु पनि किनेर मौज्दात राख्ने भन्ने र बाढी तथा डुवानबाट यहाँका नागरिकहरुका लागि स्थानीय सरकार, रेडक्रस लगायत सरोकारवाला निकायहरुले तयारी गरिसकेको अवस्था छ ।
८. रेडक्रसले बाढी, डुवान लगायत अन्य विपदका बारेमा कस्ता खालका सचेतना, पूर्व जानकारी, सर्तकता अपनाउने खालका कार्यक्रमहरु गर्ने गरेको छ ?
हामीले हाम्रा स्वयंसेवकहरुबाट विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौँ । विगतका वर्षहरु जस्तै यो वर्ष पनि मनसुन सुरु भएदेखि नै नारायणी नदी तटिय क्षेत्रमा रहेका स्वयंसेवकहरुबाट बाढी र डुवानको बढि जोखिम रहेको क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेका छौँ।पश्चिम चितवनका वडाहरुमा सचेतना अभिवृद्धि गर्न स्वयंसेवकहरु परिचालन गरिएको छ । कालिकाप्रसाद खनालको संयोजकत्वमा विपद व्यवस्थापन समिती सकृय छ।
यस उपशाखाको१७ धुरमा दुई तल्ले भवनमा ६ वटाकोठाहरु सभाहल सहित १ एम्बुलेन्स ग्यारेज छ। भरतपुर महानगरकावडा नं.२०, १८, १९,२१ र२५ २६कार्यक्षेत्र रहेको यस उपशाखामा यशस्कर ८ जना बिशिष्ट ८३ जना आजीवन ५७६ जना सदस्यहरू रहेकाछन।
९. बाढी र डुबानका कारण समस्यामा परेका नागरिकहरुका लागि रेडक्रसले कस्ता खालका राहत र उद्धारका कार्यहरु गर्छ ?
बाढी र डुबानमा परेका नागरिकलाई सबै भन्दा पहिले उद्धार गरेर सुरक्षित ठाउँमा राख्ने काम गरिन्छ । स्थानीय सरकार, रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरी रहेको विपद् व्यवस्थापन समितिले उनीहरुलाई डुबान तथा बाढी आएको ठाउँबाट एम्बुलेन्स वा अन्य विभिन्न माध्यमबाट उद्धार गर्ने गरेको छ।त्यसपछि सुरक्षित ठाउँमा राखिसकेपछि उनीहरुलाई खानाको लागि चिउरा, भुजा, चाउचाउ जस्ता कुराहरु दिन्छौँ।त्यसका साथै अहिले स्थानीय सकार भएकाले उनीहरुको व्यवस्थापनमा स्थानीय सरकारले व्यवस्थापन गरिरहेको छ ।
१०. रेडक्रसले गर्ने वार्षिक गतिविधिहरुका बारेमा जानकारी गराइदिनु होस् न ?
रेडक्रसले वार्षिक रुपमा गतिविधि सञ्चालन गर्ने गरेको छ ।जस्तै रेडक्रसका विभिन्न गतिविधिहरु सञ्चालन गर्ने, जुनियर सर्कलहरु गठन गर्ने, समूहहरु गठन गर्ने, विभिन्न सामाजिक कार्यहरुमा संलग्न सहने कार्यहरु गर्दै आइरहेको छ । यस्तै सरसफाई, विभिन्न विकृति विसंगतिका बारेमा सचेतना फैलाउने, महिला वेचविखन विरुद्ध सचेतना फैलाउने जस्ता कार्यहरु पनि गर्दै आइरहेको छ । विशेष गरेर रेडक्रसले विपदमा काम गर्ने भएकाले जुनसुकै विपदमा पनि आफूलाई सोही अनुसार ढालेर काम गर्ने गरेको छ । प्रत्येक ठाउँमा हामीले तटस्थता, मानवता, स्वतन्त्रतामा आधारित रहेर स्वयंसेवकहरु खटाएर विपदमा परेका नागरिकहरुको उद्धार गर्ने गरेका छौँ ।अर्को कुरा रेडक्रसको वर्षभरीको कार्यतालिका के हुन्छ भने कतिवेला के हुन्छ, त्यो कसैलाई थाहा हुँदैन । विपदमा काम गर्ने भएकाले जस्तो खालको विपद आउँछ, त्यस्तै खालका कार्यक्रम र योजनाहरु बनाउने गर्दछौँ ।
हामीले मालिका डेण्टल केयर र चनौलीआँखा उपचार केन्द्रको सहयोगमानिशुल्क आँखा तथा दन्त शिविर,रेडक्रस तीज गीत प्रतियोगिता, कोरोना हेल्थ डेक्स सञ्चालन, भरतपुर–२०, अन्नपूर्ण चोकमा,रक्तदान उत्प्रेरणा कार्यक्रम, आजीवन महिला सदस्यहरुलाई, रक्तदान उत्प्रेरणा कार्यक्रम, चनौली महोत्सव कार्यक्रममा निशुःल्क एम्बुलेन्स सेवा, २५ परिवारलाई कम्बल वितरण,चनौली वजारमा स्थानीयहरुको उपस्थितीमा सरसफाई कार्यक्रम,२०७९को निर्वाचनमा विद्यार्थी परिचालन गरी स्वयं सेवक परिचालन,२०७९ मंसिर ४ को निर्वाचनमा निःशुल्क, एम्वुलेन्स सेवा हेल्थ डेक्स स्थापना गरि सेवाप्रदान, मधुमेह सम्वन्धी सचेतना, कार्यक्रम संचालन गरिएकोविश्व रेडक्रस दिवस, नेरेसो स्थापना दिवस, प्राथमिक उपचार दिवस, विश्व वातावरण दिवस, जुनियर÷युवा रेडक्रस.स्थापना दिवस, विश्वरक्तदाता दिवस आदि कार्यक्रमका साथ मनाउने गरिएको यसैगरी ‘विपदमाप्रहरी’कार्यक्रममा विपदसामग्री हस्तान्तरण स्व.संजयबोटेको परिवारलाई रु.७०००।– जिन्सी सहयोग गरेको । डेङ्गुरोग सचेतना कार्यक्रम सञ्चालनगरेको चनौली जनता केयर अस्पताल चनौलीमा स्वास्थ्य शिबिर सञ्चालन,दुर्घटना भएका दिवस पौडेललाई प्रथामिक उपचारमा सहयोग गरियो ।
यस्तै मेश मगर र अस्मिता उपरकोटीलाई एम्बुलेन्स सेवा दिएको । दिव्यनगर कालिकामन्दिरमा तीज गीत प्रतियोगितामा औषधीसहित स्वास्थ्य सामग्री वितरण । भरतपुर१८ र २० का विपन्न र असहाय १०परिवारलाई न्यानो कपडा वितरण । नेरेसोले सञ्चालन गरेकोकार्यक्रममा १५ पटक भन्दा बढीरक्तदान गर्नेलाई सम्मान ।प्रदेश सरकारबाट प्राप्त रु. २०लाख लागतमा निर्माण हुने इभजेन्सी क्लिनिक भवनकोकार्य अगाडी बढाइएको र दुर्घटनालाई न्यूनीकरण गर्न भरतपुर २० का दुई स्थानमा‘सम्भावित दुर्घटना क्षेत्र’ कोहार्डिङ बोर्ड राखिएको छ ।
११. रेडक्रसले अन्य दातृ निकायहरुसँग कसरी सहकार्य गर्ने गरेको छ ?
दातृ निकायहरुसँग केन्द्र र जिल्ला रेडक्रसले सहकार्य गर्ने गरेका छन् । तर हामी उपशाखाहरु त स्थानीय सरकार, विभिन्न संघ–संस्था, व्यापारी, समाजसेवी, वुद्धिजिवी दाताहरुसँग सहकार्य गर्ने गरेका छौँ।दातृ निकायहरुबाट अहिलेसम्म हामीले त्यस्तो कुनै सहयोग पाएका छैनौँ । स्थानीय स्तरका एनजिओ, आइएनजिओ हरुले कुनै कार्यक्रमहरु दिएपछि हो । नत्र त्यस्तो कुनै ठूला दातृ निकायहरुबाट सहयोग छैन । हाम्रा यशस्कर र विषिष्ट सदस्यहरूको एजेष्ट सहयोग हामीलाइ प्राप्त भैरहेको छ।
१२. रेडक्रस र स्थानीय सरकार विचको सहकार्य र समन्वय कस्तो छ ?
रेडक्रस र स्थानीय सरकार विचको समन्वय र सहकार्य एकदमै राम्रो हुन जरुरी हुन्छ, र छ पनि । रेडक्रस विशुद्ध मानविय सेवामा काम गर्ने संस्था भएकाले विभिन्न किसिमका तालिम गरेका जनशक्तिहरु पनि हामीहरुसँग छ । रेडक्रस धेरै स्वयंसेवकहरु भएको संस्था पनि हो । यसमा विभिन्न किसिमका बाढि, पहिरो, भुकम्प, आगलागी जस्ता विपदका बारेमा एनडिआरडि÷ डिडि आरडि तालिम लिएको जनशक्ति छ।योजनशक्तिलाई यहाँको स्थानीय सरकारले प्रयोग गरेर रेडक्रस र स्थानीय सरकारविच समन्वय गर्न सकियो भने ठूला ठूला विपदहरुमा पनि निकास निकाल्न सक्छौँ ।
१३. रेडक्रसले गर्ने कार्यहरुमा राजनीतिको प्रभाव कस्तो रहन्छ ?
चनौलीको कुरा गर्ने हो भने अहिलेसम्म रेडक्रसमा कुनै त्यस्तो राजनीतिक प्रभाव छैन।किनभने अहिलेको यो लोकतान्त्रिक गणतन्त्र र वहुदलिय व्यवस्थामा जुनसुकै व्यक्ति पनि एउटा विचार धारा र आस्थामा अवश्य हुन्छ नै । तर त्यो व्यक्ति रेडक्रसमा आइसकेपछि राजनीतिक गन्ध आउनु हुँदैन । कसैलाई पक्षपात गर्न हुँदैन । रेडक्रसका सात वटा सिद्धान्तमा आधारित रहेर काम गर्नुपर्छ । अहिलेसम्म त्यस्तो किसिमको कुनै राजनीतिक गन्ध आएको छैन । म रहुन्जेल आउन पनि दिन्न ।
१४. अन्त्यमा, रेडक्रसको मुख्य उद्देश्य के हो ?
रेडक्रसको मुख्य उद्देश्य भनेको मानविय सेवा गर्नु हो।जुनसकुै प्रकोप, आपत, विपतमा परेका मानिसहरुको उद्धार र सहयोग गर्नु हो।विपद्का कारण समस्यामा परेका मानिसहरुलाई विभिन्न माध्यमबाट रेडक्रसले सहयोग गर्दै आइरहेको छ । यो कार्य निरन्तर रहिरहने छ । विपदको बेलामा सहयोग गर्ने भएकाले पनि यस संस्थाप्रति मानिसहरुको विश्वास बढेको छ ।