काठमाडौं, मङ्सिर ७ : दाङको शान्तिनगर गाउँपालिकाबाट बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगी छन्।
डाँगीले ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगेर बलात्कार गरेको उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।