दुइ गजल
– रामशरण गैरे
सायद भाग्यमा यस्तै लेखेको छ।
यादहरूले पलपल मुटु रेटेको छ।
सक्तिन भुल्न उनलाइ कसै गरी
अतितका यादले मन जलेको छ।
थाहा छ रूने नै त हो भोली पनी
थोरै आँशु नयनले अझै साचेको छ।
जिन्दगीमा कुनैदिन आएन वहार
हसिलो मुहार वादलुले छोपेको छ।
उदाश वनी नजर लाउछु दोवाटोमा
मेरा खुशी तिमि भित्र अडेको छ।
रात वित्छन हराउदै कल्पनामा
मेरो संसार तिमीमै अल्झेको छ।
उदासी मनले पाएन चैन कहिल्यै
निर्दयीसँग प्यारमा फसेको छ।
२.
यस्तै रै छ परदेसीको जिन्दगी भन्नु नै
जाती रैछ स्वदेसमा भिरपाखा खन्नु नै ।
दुख पीडाँमा छटपटीयर पनी बाच्नै पर्ने
वाहिर हासे पनी भित्र चुपचाप रूनुनै।
न खोजे,न सोचे जस्तो भयो जिन्दगी
पर्ने रैछ हर चोटहरू चुपचाप सहनु नै ।
जिन्दगी रहे सम्म दुखसँग लड्नैपर्छ,
रैछ आखीर नियतीको दाश बन्नु नै ।
सोच्थे जिवन वसन्तमा फुल्ने फुल बन्छ
पर्ने रै छ बाचुञ्जेल दुखका दिन गन्नु नै ।
नसकिने रैछ जिन्दगीको परिभाषा फेर्न
नियम नै रैछ काँडा बनी बिझाइ रहनु नै ।
भरतपुर १९ चितवन हाल क्यानडा