
यस प्रतियोगिताको निर्णायकमा वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारी, पर्यटनविज्ञ डा. विश्व सुवेदी, शिक्षाविद रमाकान्त सापकोटा र अग्रज पत्रकार प्रकाशमणि ज्ञवाली रहनुभएको छ ।भिडियोमा आएको समर्थन मतसँगै विषयबस्तु र उत्कृष्ट प्रस्तुति प्राथमिकतामा रहनेछन् ।जसको मुल्याकंन निर्णायकहरुले गर्ने देउजाले बताउनुभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वाक कला भएका संसारभरका क्षमतावानलाई रु १ लाखसम्म जित्ने यो सुवर्ण अवसर हो ।”यी यस्ता विषयमा सञ्चारमाध्यमले आफ्नो प्लेटर्फममा बहस गरिरहेकै छन् ।तर नागरिक स्तरमा जनप्रतिनिधिलाई हेर्ने र कामको मुल्याकंन गर्ने दृष्टिकोण जान्नका लागि पनि यो प्रतियोगीता फलदायी हुने देउजाले बताउनुभयो ।
भरतपुरको विकास र समृद्धिका लागि सबैले आआफ्नो स्थानबाट योगदान गरेको बताउँदै उहाँले रेनु दाहाल मेयर भएर आएपछिका निर्माण र जनतामा देखिएको विकासको अनुभुति स्पष्ट देखाउन खोजिएको उहाँको भनाई छ ।तर यो प्रतियोगीतामा भरतपुर महानगरको सद्भाव बाहेक कुनै आर्थिक सहयोग प्राप्त नभएको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवं प्रतियोगिताका निर्णायक प्रकाशमणि ज्ञवालीले कालोपत्रे पुर्वाधार निर्माण मात्रै होइन भरतपुरको समृद्धिसँग यहाँको नेतृत्वलाई मुल्यांकन गर्नुपर्ने बताउनुभयो ।यहाँको कालोपत्रे सडक मात्रै होइन, हरियाली, सरसफाई, फोहर व्यवस्थापन, नदि नियन्त्रण, कृषि र शिक्षामा आएका परिवर्तन पनि भरतपुर निर्माणको आधार भएको ज्ञवालीको तर्क थियो ।

