चितवन मंसिर ९ शुक्रबार : चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि र प्रदेश सभा सदस्य दुवैमा राप्रपाको अग्रता रहेको छ । प्रतिनिधि सभा तर्फ राप्रपाका उमेदवार विक्रम पाण्डे ८ हजार १ सय ५६ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । भने प्रदेश सभा ख तर्फ राप्रपाकै उमेदवार रिना गुरुङले अग्रता बनाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार पाण्डे गठबन्धका उमेदवार डा. भोजराज भन्दा ८ हजार १ सय ५६ मतका साथ अगाडी हुनुहुन्छ। अधिकारीले १७ हजार ४ सय १६ मत प्राप्त गर्नु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार जिता बरालको ११ हजार ७ सय ३९ र स्वतन्त्र उमेदवार दिनेश कोइरालाले ७ हजार १ सय १० मत प्राप्त गर्नु भएको छ ।
प्रदेश ख तर्फ राप्रपाका रिना गुरुङले ६ हजार ८ सय ४५ मत प्राप्त गर्नु भएको छ । गठबन्धन बाट माओवादीका उमेदवार ठाकुर ढकालले ६ हजार ४ सय ४ मतका साथ गुरुङलाई पछ्याइरहनु भएको छ । एमालेका उमेदवार सरस्वती विष्टले ४ हजार २ सय ७१ मत प्राप्त गर्नु भएको छ । वडा नं २५ को मतणना सकिएपछि माडीको मतणना सुरु गरीने छ ।