काठमाडौं, मंसिर ९ : काठमाडौंका मेयर बालेन्द्र साहले पुरानो रिस बिर्सिँदै धरानका मेयर हर्क साम्पाङको स्टाटस सेयर गरेका छन् । केही समयअघि उनीहरु बिच भएको मनमुटाव बिर्सदै बालेनले स्टाटस सेयर गरेका हुन् ।
तर, अहिले आएर उनीहरुबीच फेरि समर्थन छाएको संकेत देखिएको छ । बालेनले हर्क साम्पाङको एउटा फेसबुक पोस्टलाई आफ्नो समर्थनसहित आज सेयर गरेका थिए। हर्कले धरानमा कोशीको पानी ल्याउने विषयमा स्टाटस लेखेका थिए ।