गलकाेट नगरपालिका १० पाण्डबखानी साेरमनेका धनबहादुर वि.क काे परिवारलाई घरमै पुगि नेपाल रेडक्रस साेसाइटी पाण्डबखानी उपशाखाले आर्थिक रकम रुपैयाँ सहयोग गरेकाे छ।
नेपाल रेडक्रस साेसाइटीकाे निर्णय अनुसार नेपाल रेडक्रस साेसाइटी पाण्डबखानी उपशाखाका अध्यक्ष सुमन काउचाकाे नेतृत्वमा संस्थापक उपाध्यक्ष राधिका पुन, वडा सदस्य हरि काउचा, निवर्तमान बालमैत्री सहजकर्ता रामु शाहि संस्थाका उपसचिव तथा पत्रकार सुरेश छन्त्याल, साेरमनेका आमा समुहका प्रतिनिधिहरुकाे सहभागीता घरकी मुली व्यक्तित्व भुम कुमारी वि.क लाई रु.३ हजार रुपैया हस्तान्तरण गरिएको छ। माघे संक्रान्ती कार्यक्रमकाे अवसरमा संकलित रु.५ हजार ३५ रुपैया मध्य सहयोग गरेकाे उप सचिव सुरेश छन्त्यालले जानकारी दिनु भयाे ।
नितान्त याे संस्था काेहि विपतमा परेकाहरुलाई थाेरै भए पनि मलमपत्ति गर्ने संस्था भएको हुनाले यश संस्थालाई देश तथा विदेशबाट सहयोग गर्नु हुन समेत संस्थाका अध्यक्ष काउचाले आग्रह गर्नुभयाे। वि.ककाे गाेठमा बुधबार २४ गते दिउँसो करिव १:४० मा आगलागी भएको थियाे ।