काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरू उठेर विरोध जनाएका थिए।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग यथावत रहेको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले बताएका छन्। गत जेठ १३ गतेदेखि रास्वपाले संसद्को कामकारबाहीमा सहभागिता जनाएको छैन।