काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आलोचनात्मक चेतना हावी भएको भन्दै अब विश्लेषणात्मक सोच आवश्यक रहेको बताएका छन्।
विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक कार्यक्रममा बोल्दै उनले हरेक विषयमा आलोचना मात्र नगरी रचनात्मक सुझाव दिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले आलोचनाबाट अगाडि बढेर रचनात्मक टिप्पणी र सकारात्मक सोचतर्फ उन्मुख हुनुपर्ने बताए।
उनले युवाहरुलाई २० वर्ष पुगेपछि मात्र विवाह गर्न र प्रजनन क्षमताको उपयुक्त समयमा सन्तान जन्माउन प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए। ओलीले प्रजनन क्षमता बढी हुने उमेरमै सन्तान जन्माउनु उपयुक्त हुने धारणा राखे।

