चितवन १५ मङ्सिर : नेपाल पब्लिक स्वास्थ्यकर्मी समन्वय केन्द्र चितवन शाखाद्धारा आज पर्न गएको विश्व एड्स दिवसको अवसरमा भरतपुर स्थित चौबिसकोटि देखी भरतपुर सरकारी अस्पताल हुदै सि.एम.सी कलेज सम्म एड्स रोग बाट बचौ र बचाऔ भन्दै सचेतनामुलक ऱ्याली सम्पन्न गरेका छन्।
“Equalize “ भन्ने मुल नाराका साथ सुरु भएको यस बर्षको विश्व एड्स दिवश को मुख्य लक्ष्य भनेको एड्स रोग सुन्य गर्न साथै समाजमा भेदभाव हटाउने रहेको कुरा यसै संस्थाका अध्यक्ष कुबेर भट्टले जानकारी दिए।
यस संस्थाले जनस्वास्थ्य, साथै स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम हरु गर्दै आईरहेको छ।