कैलाली, मंसिर १६ : धनगढीमा विद्यार्थीले आज पनि आन्दोलन जारी गरेका छन् । ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएपछि हिजो पनि विद्यार्थीले आन्दोलन गरेका थिए ।
आन्दोलन चर्कियपछि हिजो साझ देखि अर्को सूचना जारी नहुदा सम्मको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको हो । तर निषेधाज्ञामा पनि विद्यार्थीले आन्दोलन जारी राख्दा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल भएको छ । भने केही विद्यार्थी पक्राउ परेका छन् ।
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो ग्रेडरले चेतना साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो ।