पछिल्लो समयमा शेयर बजार प्रति बढ्दो आकर्षण लाई ध्यानमा राख्दै चितवनको भरतपुरमा पूँजीबजार लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । पुंजीबजारमा आबद्ध लगानीकर्तालाई नेपाली पुंजी बजारको वर्तमान अवस्था तथा भबिष्य बारे जानकारी दिने उदेश्यले नेपाल स्टक एक्सचेन्ज र , सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सयुक्त सक्रियतामा कार्यक्रमको योजना गरिएको हो ! सो कार्यक्रमको स्थानीय संयोजक चितवनको प्रतिष्ठित ब्यबस्थापन कलेज-भ्याली स्टेट कलेज भरतपुर रहेको छ ।
कार्यक्रममा शेयर बजारको प्राथमिक तथा दोस्रो बजार सम्बन्धी विशेष जानकारी उपलब्ध गराइने तथा राष्ट्रिय अर्थतन्त्रमा पुंजी बजारको महत्व सम्बन्धमा अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिने सो कार्यक्रमको उदेश्य रहेको शेयर लगानीकर्ता- आइ आर सुबेदीले जानकारी दिनु भयो !
मङ्सिर २३ गते शुक्रबार बिहान १० बजे देखि दिउँसो १ बजे सम्म बसन्तचोकको ”स्मार्ट ब्याङ्क्वेट” मा हुने कार्यक्रमको मुख्य प्रशिक्षकमा नेपाल स्टक एक्सचेन्जका व्यवस्थापक निरन्जन फुयाल, वरिस्ठ सूचना प्रविधि अधिकृत प्रभाकर घिमिरे, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख संचालन अधिकृत कन्चन सापकोटा, शेयर बजार विश्लेषक कृष्ण गिरी लगायतले प्रशिक्षण दिने आयोजकले बताएको छ।
नि:शुल्क प्रवेशको ब्यबस्था मिलाइएको कार्यक्रममा उपस्थित हुन भ्याली स्टेट कलेजका प्रीन्सिपल बाबुराम खनालले सम्पुर्णमा आह्वान गर्नुभएको छ ।