भरतपुर, मंसिर २१ : वाल्मीकि शिक्षा सदन भरतपुरले आफ्नो रजत महोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।जु रे स , वाल्मीकिका सभापति बजुद न्यौपानेको अध्यक्षता र संस्थाका प्राचार्य प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम जु रे स का सचीव कृस्टल घिमिरेले संचालन गर्नुभएको थियो।
जु रे स का उप सभापति रोमन घिमिरेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा प्राचार्य प्रदीप पौडेलले रक्तदानको मह्त्वबारे प्रकाश पार्दै रक्तदाता एवम् कार्यक्रमको आयोजक जु रे स, वाल्मीकि लाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
अधिकांश कक्षा १२ का विधार्थी सफभागी रक्तदानमा ७५ युनिट रगत सङ्कलन भएको प्राविधिक टोलिका प्रमुख प्रादेशिक रक्तसञ्चार कार्यालय का प्राविधिक यम जि महतोले जानकारी गराउनुभएको थियो।