चितवन २४ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका १३ जना सांसदको टुंगो लगाएको छ।
दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका छन्।
त्यस्तै, मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका रास्वपाले जनाएको छ।