चितवन, पुस ४-: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताएका छन्। गृहजिल्ला चितवन आएका प्रचण्डले को प्रधानमन्त्री बन्ने भन्नेबारे गठबन्धनमा छलफल अझै नभएको बताएका छन्।
‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा त मैले गरेको छु। तर तपाईंहरूले सुनेजस्तो प्रधानमन्त्रीमा दाबी भनेर गठबन्धनभित्र औपचारिक रूपमा कुरा सुरू भएको छैन,’ प्रचण्डले भने, ‘को प्रधानमन्त्री बन्ने गठबन्धनबाट सजिलै निर्णय हुन्छ, अहिले छलफल भएको छैन।’