काठमाडौं, २९ पुस । पश्चिम चितवनको चनौलिमामा साइबर सुरक्षासम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार पश्चिम चितवनको मुटु मानिने चनौली बजारमा रहेको चनौली पार्टी प्यालेसमा साइबर सुरक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।
साइबर सुरक्षाबारे सहजकर्ता रामहरी सुबेदीले कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिएका थिए । जसमा साइबर अपराध र साइबर सुरक्षाबाट कसरी बच्ने ? जस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।
सामाजिक सञ्जालको प्रयोग, पासवर्ड के कसरी राख्ने ? फेसबुक, जिमेल, बैंक अकाउन्ट कसरी सुरक्षित गर्ने ? कुनै ठाउँमा जाँदा तस्बिर राख्ने कि नराख्ने ? विदेशबाट पैसा आएको प्रलोभन दिँदा के गर्ने ? जस्ता विषयमा सहजकर्ता सुबेदीले जानकारी दिएका थिए । कार्यक्रम रेडियो सहिनो र आमसंचार प्रतिष्ठान नेपाललेले आयोजना गरेको थियो । कार्यक्रममा पश्चिम चितवनमा रहेका संचारकर्मी तथा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
साथै हालै सम्पन्न पश्चिम चितवन पत्रकार मंचको अधिबेशन बाट निर्वाचित नव कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रम पनि रहेको थियो |
कार्यक्रममा भरतपुर महानगरपालिकाका उप मेयर चित्रसेन अधिकारी , नेपाल पत्रकार माहासंघ चितवनका पूर्वसभापति महेन्द्र श्रेष्ठ, प्रेस चैतारीका पूर्वकेन्द्रीय सदस्य नवराज ढकाल, विष्णु ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रम सञ्चार प्रतिष्ठान नेपालकी अध्यक्ष तथा पत्रकार महासंघकी सचिव सृजना अर्यालको सभापतित्वमा भएको थियो ।

