यहि मिति २०७९ साल पुष २१ गते त्रिवि विद्यार्थी कल्याण परिषदको बैठकले आउने चैत्र ५ गते स्ववियु निर्वाचन गर्ने भनी त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरि सो मिति अनोमोदित पनि गरेको छ । यो पटक त्रिविले स्ववियु निर्वाचन गर्न सक्रिय भुमिका सहित जसरी पनि निर्वाचन गर्ने तयारी गर्दै छ । प्रत्येक दुई दुई वर्षमा हुनु पर्ने निर्वाचन २०६५ साल यता हुन सकेको छैन । २०७३ चैत्र १५ गते उपत्यकाको नौ वटा आङ्गिक क्याम्पस र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । त्यस मध्य छेत्रपाटी स्थित पिपल्स क्याम्पसमा पनि २०७३ सालमा ५ जना भाइटल सहित गरि १९ सदस्यहरु निर्वाचित हुनु भएको थियो ।
त्रिविले निर्वाचन मिति घोषणा गरे लगतै हाल पिपल्स क्याम्पस निर्वाचनको तयारीमा होमिन आतुर रहेको छ । क्याम्पसमा विद्यार्थीहरुलाइ विभिन्न वेथिती र विसंगतिहरुको अन्त्यको निम्ति संघर्ष गर्न र विद्यार्थीलाई आफ्नु हक-अधिकारको पक्षमा आवाज उठाउन सहयोग गर्ने साझा थलो स्ववियु हो । आम रुपमा स्ववियु भनेको प्रभावसाली, पढाइमा तेज र जेहेन्दार विद्यार्थीहरुको नेतृत्वमा चल्ने एउटा विद्यार्थी बाट निर्वाचित विद्यार्थीको लागि बनेको संस्था हो । त्यसो भएको हुनाले पनि पिपल्स क्याम्पस जस्तो देशको राजधानीको मुटुमा अवस्थित क्याम्पसमा नया फ्रेस नेतृत्व ल्याउन, गणतन्त्र र विद्यार्थी गतिलाइ तिब्र रुप देदै देशको अरु क्याम्पस भन्दा उत्कृष्ट बनेर देखाउनु पर्ने जिम्मा पिपल्स क्याम्पस प्रशासन माथी रहेको छ ।
चैत्र ५ गते पिपल्स क्याम्पसमा डु अर डाइ स्ववियु निर्वाचन हुन्छ र यस्को अग्रपंक्तिमा अनेरास्ववियु पिपल्स क्याम्पस कमिटीको अध्यक्ष हैसियतले म आफै लाग्ने छु। यदि क्याम्पस प्रशासन बाट कुनै किसिम को रोकठोक या आनाकानी हुन्छ भने यस्को विरुद्ध कडा भन्दा कडा भन्दा पनि कडा संघर्ष समेत गर्न म र मेरो कमिटीका साथीहरु तयार रहने छौ ।