१० असार ,चितवन
प्रमिला भुसाल
सेभ द माइन्ड नेपालको पहलमा जुटाइएको खाद्यान्न रत्ननगर नगरपालिका वार्ड नम्बर १० श्री कृष्ण टोलका अति बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको छ। कोभिड १९ को तेस्रोलहर सुरु हुदै गर्दा अर्कातिर बर्सायामको झरीको कारणले जनजीवन थप प्रभावित भएको अवस्थामा सस्थाले अतिबिपन्न एबम दुबै मृगौला फेल भएर जीवन मरणको दोसाधमा पुगेकी पबित्रा दराइको ७ जनाको परिवार सङै थप ६ परिवारको अवस्था खाद्यान्न अभावले नाजुक रहेको जानकारी पाउ
ना साथ ईमर्जेन्सीमा खाद्यान्न जुटाएर खाद्यान्न अभाव भोगिरहेको बस्तिको घर घरमा पुगेर सहयोग हस्तान्तरण गरेको हो।
स्थानिय बासिन्दा क्षेत्र बहादुर गुरुङ द्वारा प्राप्त खाद्यान्न अभावको खबर प्राप्त भए संगै सेभ द माइन्ड नेपालले खाद्यान्न सहयोग गरेको हो।स्थानिय बासी गुरुङले आफ्नो टोलमा रहेका मजदुर यबम बेरोजगार भएर खाद्यान्न अभाव भोगीरहेका बिरामी अशक्त वृद्धावृद्ध आमा बुवा, एबम अशक्त दाजुभाइ दिदिबहिनिहरुलाई भोकै बसेको थाहा हुनासाथ सहयोगको अपिल गरेको बताउनुभएको हो। सहयोग गर्नेमा सहयोगीमन सामाजिक अभियान्ता अर्जुन भुसालबाट ७ बोरा चामल प्राप्त भएको हो भने बाकी खाद्यान्नको लागि रकम सेभ द माइनड नेपाललाई देश तथा बिदेशबाट उठेको सहयोग रकम मद्य बाट बाकीरहेको रु.१४००० रकमबाट ७ लिटर तेल नुन लगायतका खाद्यान्न सामाग्रीहरु सहित यातायात खर्च गरि जम्मा सस्थाको तर्फबाट रु.३००० बरावरको रकम खर्च भएको हो ।
खाद्यान्न सामाग्री वार्ड नम्बर १० का अध्यक्ष केशब आचार्य र वार्ड का सदस्य कमल अधिकारि ज्यु सस्थाकी अध्यक्ष पुजा भुसाल द्वारा खाद्यान्न अभाव भएका परिवारलाई खाद्यान्न सहयोग हस्तान्तरण गरिएको हो। दुबै मृगौला फेल भएकि सिकिस्त बिरामी अवस्थाकी पबित्रा दराइलाई सहयोग हस्तान्तरण पश्चात् कार्यक्रममा पत्रकार द्वारा सोधिएको प्रश्नमा जवाफ दिनु हुँदै अध्यक्ष आचार्यले अफ्नो कार्य झेत्रका नागरिकलाइ दुख नपरोस भन्ने हेतुले हरेक पल टोल बिकासका प्रतिनिधीहरुलाइ नागरिकहरुको अवस्था बुझी रहन आग्रह गरिरहेको र आफू समेत सचेत रहेको बताउनु भयो।
यतिबेला नेपाल सरकारका माताहतका सस्था र सरोकार वाला संघसस्थाहरु हर्दम फ्रन्ट लाइनमा रहेर भोका पेट हरुमा सहयोग गरिरहेको अवस्थामा चितवनका थुप्रै सस्थाहरुको भिडमा अग्रपन्तिमा आइ रहेको सस्था सेभ द माइन्ड नेपालले बस्ती बस्ती टोल टोल अनि घर घरमा पुगेर अपांगता भएकाहरु देखि बृद्ध अबश्थाका, आमाबुवाहरु,बिरामी परेका वेसाहाराहरुलाई सहयोग गर्दै आएकोमा आगामी दिन मा सस्था अझ मजबुत हुँदै अगाडि बढन सुभकामना दिनु भएको थियो।
खाद्यान्न बितरण कार्यक्रममा छ भन्ने थाहा पाएर खाद्यान्न सामाग्री लिन आएकि नाजुक अवस्थाकि बिरामी स्वयम् खाद्यान्न लिन आएको र उन्ले आफ्ना गुनासा राखे संगै अध्यक्ष आचार्यले बिरामी पबित्राका छोराछोरीहरुलाई निसुल्क शिक्षा यबम बिरामिको सम्पुर्ण उपचार खर्च निसुल्क प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। त्यसै गरि वार्ड सदस्य कमल अधिकारीले यति बेला देश पिडामा रहेको र हामी सबै एक भएर यो विषम परिस्थितिको सामना गर्नुको बिकल्प नभएको हुदा नेपाल सरकार ले के गर्दैछ भन्नू भन्दापनि सेभ द माइन्ड नेपाल जस्ता सस्था अझै जन्मिनुपर्ने र जुन सुकै सरकार होस सरकार लाई आफ्नो स्थान बाट निरन्तर स्शयोग गर्दै मानबिय सहयोगमा जुट्नु पर्ने बताउनु भयो।
सस्थाकी उपाध्यक्ष शन्ता पौडेलले सहयोग गर्नुहुने दातालाई धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो।त्यसै गरि सस्थाकी अध्यक्ष पुजा भुसालले सरकारद्वारा अनुमति प्राप्त सामाजिक सस्थाहरुलाई देश ले अप्ठ्यारो अवस्थाको सामना गर्दै गर्दा चाहे जुन सुकै पार्टी सरकारमा होस विषम परिस्थितिमा सहयोगमा जुट्नु पर्ने बताउनु भयो।
यस्तै विषम परिस्थितिको अवस्थामा सरकारले सामाजिक सघ सस्थाहरुलाई साथ लिएर अगाडी बड्ने हो भने हरेक नागरिक सम्म सहयोग पुग्ने हुदा सरकारलाई नागरिकले हेर्ने दृस्टी बदलिने समेत बताउदै सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो।