सरकारले देशभरी कोरोना संक्रमितहरुको सन्ख्या घटे संगै यति बेला लुजडाउन गरेको छ।बिगत लामो समय देखिको लक डाउनले थलिएको देशको अर्थतन्त्रलाई केही हद सम्म भए पनी सहज बनाउन थप योजना अनि साभधानिका साथ उपाएहरुको खोजीमा आगाडी बड्दै गरेको जस्तो देखिएको छ।
कोरोना संक्रमितरुलाइ उपचार गर्दै थप साबधानिका साथ अगाडि बढ्न कसरी सकिन्छ भन्ने तर्फ सरोकारवालाहरु अगाडि बढीरहेको अवस्थामा सरकारी तथा गैर सरकारी सस्थाहरुले हरेक तह र तप्काबाट सहयोग गरि रहेको देखिन्छ।हाल नेपाल भरीमा रहेका सरकारी तथा गैरसरकारी गरि ५६००० भन्दा बढी संघ सस्थाहरु कार्यरत छ ती मध्यमा केही मात्र संघ सस्था सकृय रुपमा कार्यरत छन।
तिनै सस्था मद्यमा सेभ द माइन्ड नेपाल नामक सस्थाले बिगत ४बर्स यता निरन्तर गरिब दिन दुखी बेसाहाराहरुको सारथि बन्दै आएको छ।जब जब देशमा अप्ठ्यारो अवस्था आइपर्छ त्यस्तो अप्ठ्यारो अवस्थामा सस्था फ्रन्ट लाइनमा बसेर निडरता का साथ दिन दुखी बेसाहाराको साहारा बन्दै आइरहेको छ। गरिब को घरमा चुलो नबोल्दा भोका पेटमा अन्न नपर्दा बिरामीवृद्ध अवस्थाका रोग्ले थलिएका आमा बुबाहरुले उपचार नपाएर छट्पटाइ रहेको अवस्थामा होस घामपानी दिन रात नभनी सस्था अग्रमपङ्ति मा उभिएर सहयोग गरिरहेको हुन्छ।
चाहे लक डाउन होस चाहे लुज डाउन होस बेसाहाराहरुको साहारामा यथासक्य सहयोगको लागि दिनरात नभनी सहयोग मा खटिइरहेको देखदा सहयोगी मन भएका सायोग दाताहरु पनि खुसी देखिन्छन।
आर्थिक पारदर्शीता होस भनी सहयोगि दाता हरुले दिएको रकम सामाजिक सन्जाल तथा सन्चार माध्यम बाटै फ्ल्यास गर्ने र सहयोग्गरेको रकम कहाँ कहाँ खर्च गरिएकोछ भन्ने कुरा सबै प्रष्ट राखिरहदा सहयोग गर्नेहरुको सहयोगको सहि सदुपयोग भएको सहयोगी दाताहरु बताउछन। सामाजिक काम मा लाग्दा कसैले सहयोग गर्लान र सेवा गरौला भनेर भन्दा पनि आफ्नो तर्फबाट जति सकिन्छ रकम राखेर अप्ठ्यारो मा पर्नु भएकाहरुलाइ सहयोग गर्ने क्रममा नजिकका दाजुभाइ तथा आफ्न्त साथिहरुले आफ्नो खुसिले पाठाएको रकम ले लगभग ४६७ घरपरिवारलाई खाद्यन्न सहयोग गरेको संस्थाकी अध्यक्ष पुजा भुसाल बताउनु हुन्छ। अध्यक्ष भुसालका अनुसार सस्थाले लक्डाउन देखि आज सम्मको लुज्डाउन्को अवस्था सम्म पनि निरन्तर समस्यामा परेकाहरुलाइ सहयोग गर्न घामपानी दिन रात नभनी खटीरहेको बताउनु भयो।
भरतपुर वार्ड नम्बर ४ मा बसोबास गर्दै आउनु भएका एक दम्पतीलाई बिगत ३ महिना देखि उपचार एबम औसधी उपचार गर्दै आउनु भएकि अध्यक्ष भुसाललाई यसपटक भरतपुर ४ निवासी यमलाल कडेलले पनि सहयोग गर्नु भएको छ। ४० बर्सिय मानसिक रोगी र ४५ बर्षका उनका श्रीमान पनि लो भिजन का रोगी छ्न भने उनिहरुका कुनै सन्तान नरहेको र आफन्त ले समेत नहेरिदिदा बेसाहारा भएका उनिहरु अवस्था थाहा पाउनासाथ उपचारको लागि भुसालले सहयोग गर्दै आएकी थिइन।
सानो कुच्रुक्क परेको एककोठामा बेरोजगार दुई बिरामीहरुको दयनिय अवस्था देख्न नसकेर पुजा भुसाल संगै मानबिय धर्म निभाउन आफुले पनि सानो भए पनि सहयोग गरेको यमलाल कडेल बताउछन।भजन गाउने ओठ भन्दा सेवा गर्ने हात ठूलो हो भ्न्ने भनाइलाई सिरोपर गर्दै आफू निरन्तर दिन दुखिहरुको सेवामा यथासक्य लागि रहने भुसाल्को भनाइ छ।।
औषधि अनि उपचारको अभावमा कोहि कसैले पनि अनाहक मा ज्यान गुमाउन नपरोस भन्ने उद्यश्यका साथ चली रहेको सस्थाको अभियान लकडाउन देखि लुज डाउन सम्म निरन्तर चलिरहेको छ |