प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) कर्मचारी संघको केन्द्रीय अध्यक्षमा दीपक टण्डन निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा यदुप्रसाद पुडासैनी, उपाध्यक्षहरूमा विनय देवकोटा, सञ्जयकुमार यादव, पिङ्गला पाण्डे, अर्जुन काफ्ले र ध्रुवराज न्यौपाने निर्वाचित भएका छन्।
यस्तै महासचिवमा कृष्णबहादुर खड्का, उपमहासचिव प्रमोद पौड्याल र कोषाध्यक्ष शिवराम श्रेष्ठ भएका छन्।
सदस्यहरूमा भरत सापकोटा, साइमन जवेगु (लिम्बु), हर्कबहादुर चौधरी, गोविन्दबहादुर पुन, मनोजकुमार यादव, रमेश केसी, नवराज पौड्याल, मधुसुदन हुमागाई, आस्ठा गैरे, दिनेशकुमार मण्डल, ताराबहादुर नेपाली, ध्रुव महर्जन र नयन राज कोइराला छन्।
यही साउन २९ र ३० मा परिषदको कार्यालयमा संघको निर्वाचन भएको थियो। निर्वाचित समितिलाई परिषदभित्रका सम्बन्धन वितरण लगायतमा देखिएका व्यथिती न्यूनिकरण गर्नु नै चुनौती तथा जिम्मेवारी रहेको उपाध्यक्ष देवकोटाले बताएका छन्।

