हिमाल सापकोटा / सिड्नी
लेन्सग्राफीका सीईओ बिकेशलाल श्रेष्ठ अष्ट्रेलियामा फिल्म मेकिङ अवार्डका लागि छनोट भएका छन्। उनको फिल्म “द लास्ट फाइट” लाई “फोकस अन एबिलिटी” फिल्म फेस्टिभलमा चयन गरिएको छ।
म सधैं एक क्यामेराको उपयोग र स्मृतिको खातिर जीवनमा पलहरुको फिल्मांकनको बारेमा भावुक भएको छु। तर जब म यस क्षेत्रमा गहिरिदैँ गएँ, मलाई यो देखेर धेरै रमाईलो भयो तेसैको कारण म एक उपयुक्त सर्ट मुभि बनाउन सफल भएको छु, श्रेष्ठले भने।
“द लास्ट फाइट” बिकेशलाल श्रेष्ठद्वारा निर्देशित एक लघु चलचित्र हो। यस चलचित्रले मानसिक स्वास्थ्य जागरूकता बढाउन र साथीहरु र परिवार सँग यस बारेमा कुरा गर्न परिस्थिति सामान्य बनाउनको लागि महत्वपुर्ण भुमिका निर्वाह गरोस भनेर बनाइएको हो।
“मानिसहरु किन आत्महत्या गर्छन्? आखिर केहि क्षणहरुमा के हुन्छ एक व्यक्तिको दिमाग भित्र आत्महत्या गर्नको लागी? यो फिल्म त्यहि अन्तिम क्षणको बारेमा हो, “उनले भने।
जब हामी कुरा गर्छौं, सामान्यतया मानिसहरुलाई सोध्छौं, ” तपाइँ सन्चै हुनुहुन्छ?” र जवाफ सधैं भौतिक मात्र हुन्छ। हामी कहिले यो सोध्दैनौं कि उनीहरु मानसिक र भावनात्मक रुपमा कस्तो स्थितिमा छन्। “महामारी को कारण, आत्महत्या वृद्धि भएको छ, त्यसैले यस बारेमा कुरा गर्न र एक अर्काको लागी बाहिर हेर्नको लागी बिल्कुल आवश्यक छ”।
फिल्म अगस्त १९ सिड्नी, अष्ट्रेलियाको समय अनुसार बिहान १० बजे “फोकस अन एबिलिटी” वेबसाइटको माध्यम बाट हेर्न र मतदान गर्न को लागी उपलब्ध हुनेछ। भोटिङ अगस्ट २५ सिड्नी, अस्ट्रेलियाको समय अनुसार मध्यरात सम्म खुला रहनेछ। धेरै बर्ष जित्ने र दोस्रो हुनेको बीचको फरक ५ भोटहरु अन्तर्गत रहेको छ त्यसैले हरेक भोटको आफ्नै महत्व हुन्छ।
समर्थकहरुले एक पटक मात्र भोट गर्न सक्छन्।”मलाई थाहा छ त्यहाँ सुधार को लागी धेरै ठाउँ छन् तसर्थ यो मेरो पहिलो चलचित्र हो तर मलाई आशा छ कि हामी यो प्रतियोगिता जित्न सक्छौं। यसले मलाई अझ धेरै र राम्रो चलचित्र बनाउन प्रेरित गर्नेछ,” चलचित्र का निर्देशक बिकेशलाल श्रेष्ठले भने।
हेर्न र भोट गर्न को लागी लिंक मा जानुहोस्।