नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह लोकतान्त्रीक पार्टी भित्रका नेतृत्वले अलोकतान्त्रिक गतिविधी गर्दा काँग्रेस कमजोर भएको बताउनु भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण पार्टी कमजोर भएको बताउनु भएको हो ।
‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले अहिलेको दुर्दशा भोग्नु परेको छ । लोकतान्त्रिक पार्टी भित्र नै अलोकतान्त्रि गतिविधी भईरहेको छ ।’ उहाँले भन्नु भयो ‘काँग्रेस कमजोर हुँदा कम्युनिष्टहरुले मौका पाए । तर उनीले पाएको मौकामा देश विगार्न तिर लागे । संविधान माथि निरन्तर प्रहार गरे ।’
साथै नेता सिंहले संविधान र लोकतन्त्र जोगाउनको लागी काँग्रेस नेतृत्वको सरकार बनेको बताउनु भयो । बर्तमान सरकारले जनताको भावना र इच्छा अनुसार काम गर्नु पर्ने उहाँको भनाई छ ।

१३ औं महाधिवेशन भएको दुई महिना भित्रमा गठन हुनु पर्ने विभागहरु त्यस अनुसार गठन हुन नसक्दा महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्व असफल भएको उहाँको आरोप छ । नेतृत्व सुरु देखि नै विधीविधान विपरीत काम गर्न लागी परेको उहाँले बताउनु भयो । पार्टीको विधान अनुसार काम गर्न नसक्दा अझै पनि महाधिवेशन हुनेमा कार्यकर्ताहरुले आंशका व्यक्त गरिरहेको उहाँले टिप्पणी गर्नु भयो । यहि अवस्था रहिरहे भविष्यमा काँग्रेस कहाँ छ भनेर खोज्नु पर्ने अबस्था आउने र काँग्रेस प्रजापरिषदको बाटोमा जाने उहाँले बताउनु भयो । पार्टीमा क्रियाशिल विवाद समाधान गर्न गठन भएका विभागहरुले समेत उल्लेखनीय काम नगरेको उहाँको आरोप छ ।
संस्थापक नेताहरुले निमार्ण गरेको काँग्रेसको छबीलाई रक्षा गर्न सकैला की नसैला भन्ने प्रश्न आईसकेको समेत उहाँले बताउनुभयो ।पार्टीलाई संस्थागत रुपमा सञ्चालन गरीे शुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।
‘संस्थापक नेताहरुले निमार्ण गरेको काँग्रेसको छबीलाई रक्षा गर्न सकौंला कि नसकौंला भन्ने प्रश्न आईसक्यो ।’ उहाँले भन्नु भयो ‘ अब पार्टीलाई संस्थागत रुपमा सञ्चालन गरी शुद्धीकरण र सुदृढीकरण गर्नु पर्दछ । वडा देखि नै बलियो बनाउनु पर्दछ । काँग्रेस कम्जोर हुँदा देशमा लोकतान्त्रिक विधि र पद्धति नै कम्जोर हुन्छ ।’
संस्थापक नेताहरुको परिकल्पना र लक्ष्य पुरा गर्नका लागी अबको पुस्ता लाग्नुपर्ने उहाँको भनाई छ । स्वस्थ प्रतिस्पर्धा गर्नका लागी महाधिवेशन निष्पक्ष र धाँधली रहित हुनुपर्ने समेत उहाँले माग गर्नु भयो । विधि र नियम अनुसार क्रियाशिल सदस्याता वितरण गरी सवैकुरालाई पार्टीको विधान अनुसार मिलाउँनु पर्ने उहाँको भनाई छ । काँग्रेसको केन्द्रिय बैठकले पारित गरेका कुराहरु लागु गर्न पनि केहि निश्चित व्यक्तिको आदेश चाहिने परिपाटी तत्काल बन्द हुनुपर्ने उहाँको माग छ । पार्टीलाई सहि ढङ्गले सञ्चालनका लागी नेतृत्वमा अनुशासन र जिम्मेवारी हुन जरुरी भएको उहाँले बताउनु भयो ।
ओलीले संसद विघटन गर्दा अरु नेता चुप बसेको तर आफुले त्यसको विरुद्धमा शशक्त आवाज उठाएको उहाँले स्मरण गर्नु भयो । तर पार्टीका केही नेता र पदाधिकारीहरु त्यती बेला चुनावमा जानुपर्दछ भन्दै हिडेको उहाँले बताउनु भयो । त्यति बेला नै आफुले पार्टी सभापतिलाई भेटेर त्यत्रो मुस्किलले लिएको संविधान बचाउन आग्रह गरेको उहाँले दाबी गर्नु भयो । त्यसको जबाफमा पार्टी सभापतिले २५ प्रतिशत मात्र जनमत छ, आफुले केही गर्न नसक्दैन भन्दा आफुले अगाडी बढ्नुस हामी साथ दिन्छौ भनेको उहाँले बताउनु भयो ।
साथै नेता सिंहले पदमा बसेकाले बोलेको सबै कुरा ठिक हुन्छ, भन्नु गलत भएको भन्दै सधै सत्यको बाटोमा मात्र हिड्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
प्रकाशमानले नेपालको सबै ठाउँ नेदेखेको र सम्पूर्ण जनताको दुख नबुझ्ने भन्दै हल्ला फैलाएको तर आफु सवैै जिल्ला पुगेको र सम्पूर्ण जनताको दुख महसुस गरेको उहाँले दाबी गर्नु भयो । आफुलाई असफल बनाउन काँग्रेस भित्रबाट नै चलखेल भएको उहाँको आरोप छ । विगतको महाधिवेशनमा आफुलाई सबै हाछै भनेको तर मतपरिणाममा आफ्नो क्षमता देखेको बताउनु भयो ।
‘ विगतमा पनि मलाई प्रकाशमानले हार्छ । योसँग केहि छैन भनेका थिए ।’ उहाँले ब्यङ्ग्य गर्दै भन्नु भयो ‘ भोट त कहाँ छर प्रकाशमानको महामन्त्री पनि त टिका लगाएर पाएको हो नि । तर मत गन्दा क्षमता देखिहालिन्छ’
केही व्यक्तिले जातियतामा विश्वास गर्ने नेता भएको भनि आफ्नो दुष्प्रचार गरेको बताउँदै उहाँले जातधर्मलाई अलग राखेर आफु राजनितिमा आएको उहाँले बताउनु भयो । नेता सिंहले । नेवारलाई मात्र हेर्छ भन्ने आरोपको खण्डनगर्नु भयो ।
साथै उहाँले बर्तमान नेतृत्वलाई जसरी पनि हटाउन पर्ने बताउनु भयो । पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउनको लागी नेतृत्व परिवर्तनको आवश्यता रहेको उहाँले जिकिर गर्नु भयो ।

गणेशमान र विपि कोईरालाले बनाएको पार्टी अहिले यो अवस्थामा पुग्दा पनि आवाज किन नउठाएको भनेर आफुलाई कार्यकर्ताले प्रश्न गर्न थालेको उहाँको गुनासो थियो । १३ औ अधिवेशन पछि के बर्तमान सभापतिले पार्टी चलाउन सक्नु भयो त ? अब यसको जवाफ खोज्ने समय आएको उहाँको भनाई थियो ।
पार्टीलाई व्यवस्थापन गर्न राम्रो अनुभव चाहिने भन्दै उमेर पुग्यो आस जाग्यो भनेर सभापतिको आकांक्षा राखेर केहि नेता दोडदूपमा लागेको उहाँले बताउनु भयो ।नेतृत्व गर्नकालागी उमेर पुगेर भन्दा पनि पार्टीलाई राम्रो तरिकाले व्यवस्थापन गर्ने क्षमता चाहिने उहाँको भनाई छ ।
त्यस्तै नेता सिंहले २०५८ सालमा शाही आयोग गठनको विरोधमा पहिले आफु मात्र बोलेको समेत बताउनु भयो ।
‘पार्टीको विधि र नियम अनुसार नै चल्नु पर्दछ अन्याथा पार्टी जताको नजरमा गुम्छ । अनुभव छ मसँग । शेरबहादुर देउवासँग संसदीय दलको नेता पनि प्रतिस्पर्धा गरिसकेको छु ।’ उहाँले भन्नु भयो ।
जनतालाई न्याया दिने पार्टी भित्र पनि सबैलाई न्याया हुनुपर्ने उहाँको भनाई थियो
‘न्याया दिने पार्टी भनेर चिनिने तर पार्टी भित्र अन्याय भए पछि पार्टी कसरी प्रभावकारी हुन्छ ? चुनाव मा टिकट वितरणमा के हुन्छ मलाई थाहा छ । लोकतान्त्रिक पार्टी त विधि र नियम अनुसार चल्छ नि । आफ्नो मान्छे ल्याउन नेताले जे पनि गर्ने ।’ उहाँले थप्नुभयो ‘नेताले राम्रो मान्छेलाई टिकट नदिए जनताले कसरी भोट दिने । राजनिति सेवाको क्षेत्र हो । ’
उहाँले अबसर दिएर पनि काम नगर्नेहरुलाई हटाउनु पर्ने बताउनुभयो । । हजारौको बलिदानबाट प्राप्त उपलब्धीहरुको अपमान गर्न नमिल्ने उहाँको भनाई छ ।
म पार्टी सुधार गर्न लागी परेको छु । वडा देखि केन्द्र सम्म पार्टीको काम गर्ने नेतालाई जिताउनु पर्दछ । नेताले नै बदमासी गरे जनताले विश्वास गर्ने ठाउँ हुँदैन । भविष्य सोच्नुस । परिवर्तन गर्न अझै बाँकी छ । देशलाई विकास गर्नु पर्छ ।लोभलाई छोडियो भने जनताको धेरै चाहाना पुरा गर्न सकिन्छ । नेतृत्वमा बसेकाले लोभ त्याग्नु पर्दछ । ठिक नेतृत्व चयन गरे मुलुक निमार्णमा समय लाग्दैन।’ नेता सिंहले बताए।

