हिजो बिहान करिब ११:४० बजेको समयमा पुर्व लालबन्दीदेखि नवलपुर सर्लाही आउने क्रममा ३ जना सवार मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय सीतामाया बस्नेत गम्भीर घाइते हुनुभएको छ। अचेत अवस्थामा रहेकी बस्नेतलाई नवलपुर स्थित लाइफलाइन अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज अस्पतालमा ल्याइएको घाइतेका नाति रोशन बस्नेतले जानकारी दिनुभएको छ। बिरामी आइसियुमा उपचाररत हुनुहुन्छ।
नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यलयको २०० मिटर पुर्व ठक्कर दिएर भागेको मोटरसाइकलमा ३ जना सवार थिए। इलाका प्रहरी कार्यालय नवलपुरमा दोषीउपर उजुरी पनि गरिसकिएको घाइतेका नाति रोशन बस्नेतले जानकारी दिएका छन्।

CCTV footage screenshot
टाउकोमा गम्भीर चोट लागेकी सीतामाया अचेत अवस्थामा उपचारत हुनुहुन्छ। दोषीको निरन्तर खोजि कार्य अगाडी बढिरहेको र केहि दिनमानै पत्ता लगाइने प्रहरी कार्यालय नवलपुरले जानकारी गरेको छ र सर्वसाधारणलाई पनि तल फोटोमा उल्लेखित हुलिया अनुसारको मानिसहरु शंकास्पद लागेमा प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ। घाइतेका नाति रोशन बस्नेतका अनुसार कोहि शंकास्पद लागेमा आफुलाई पनि जानकारी दिन वा ९८४४०३४४०१ मा जानकारी गराउन अनुरोध गर्नुभएको छ।