• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

माओबादी पोलिटब्युरो सदस्यमा छोरि रेणु दाहाल र बुहारी बिना मगर
  • १ मिनेट 

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
  • ५७ मिनेट 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • २ घण्टा 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • ३ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ४ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ६ घण्टा 

तपाईंको टिकटक भिडियो क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्
  • ६ घण्टा 

आफ्नो मोबाइलमा भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू
  • ६ घण्टा 

महिला चालक र परिचालक सहितको साझाका बिजुली बस आज देखि राजधानीमा
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ६. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

चितवनमा नेपाली कांग्रेसका नेताको दौडधुप तिब्र , अझै तोकिएन जिल्ला निर्वाचन अधिकृत

  •   ६ महिना अघि

चितवन , पौष १८ 

नेपाली कांग्रेस चितवनको अधिवेशनको मिति तोकेसँगै चितवन कांग्रेसभित्र चुनावी माहोल पुनः तातिएको छ । पटकपटक अधिवेशनको मिति सर्दै यहाँसम्म आइपुग्दा नेताहरुलाई चुनावी प्रचारप्रसारमा दौडधुप गर्ने क्रम पनि त्यत्तिकै लम्बिएको छ । पार्टीको जिल्ला सभापति पदमा आकाङ्क्षा देखाएका ६ जना नेताहरु पुनः प्रचारप्रसारमा दौडिएका छन् ।

बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, चितवन जिल्लाका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, प्राडा सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र विजयराज भूसाल जिल्ला सभापति बन्ने दौडमा लागेका छन् । हालसम्मको स्थिति हेर्दा सभापति पदका कुनै पनि उमेदवार पछि हट्ने सम्भावना देखिँदैन ।

तैपनि पार्टीभित्र विभिन्न चरणको छलफल चलिरहेको कांग्रेस चितवनले जनाएको छ । ‘हालसम्म उमेदवार घोषणा गर्नुभएका नेताहरुले अडान छाड्नुभएको छैन, ‘सभापति पदका उमेदवारसमेत रहेका जिल्ला सचिव उत्तम जोशीले भने, ‘आन्तरिकरुपमा चुनावी तयारी सबैले गरिरहनुभएकै छ ।’

हालसम्म अडान नछाडे पनि अन्तिम अवस्थासम्ममा उमेदवारको संख्या घट्न सक्ने सम्भावना पनि नभएको होइन । ‘हामीले चुनावी मैदानमा जाने तयारी तीव्र पारेका छौँ । तर, अन्तिमसम्ममा एकले अर्कालाई सघाउने विषयमा पनि छलफल भइरहेको छ, ‘सभापतिका अर्का उमेदवार विजयराज भूसालले भने, ‘अहिलेसम्मको अवस्थालाई हेर्दा भने कोही पनि पछि हट्ने सम्भावना देखिएको छैन ।’

तर, अर्का उमेदवार कैलाश कोइरालाले भने कुनै पनि हालतमा पछि नहट्ने बताए । ‘छलफल त चलिरहन्छ, तर म कुनै पनि हालतमा पछि हट्दिनँ, ‘उनले भने । चितवन कांग्रेसमा जिल्ला नेतृत्व छान्नको लागि दुई हजार ९०० बढी मतदाता छन् ।

अझै तोकिएन जिल्ला निर्वाचन अधिकृत

तत्कालीन जिल्ला निर्वाचन अधिकृतको जिम्मा पाएका कमलमोहन पोखरेलले गत मंसिर १४ गते पदबाट राजीनामा दिएपछि अनिश्चित बनेको चितवन कांग्रेसको अधिवेशन पुस २७ हुने विषय अझै निश्चित भने बनिसकेको छैन । पार्टीले जिल्लाको अधिवेशनको मिति तोके पनि जिल्ला निर्वाचन अधिकृत नतोकेको जिल्ला सचिव उत्तम जोशीले बताए ।

पोखरेलले मंसिर १५ मा मनोनयन दर्ता गरेर १९ गते निर्वाचन गराउने भनेर मिति तोके पनि मनोनयन दर्ता गराउने अघिल्लो दिन पदबाट राजीनामा दिएपछि जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । त्यसपछि प्रदेश र केन्द्रको अधिवेशन भएकोले पनि जिल्लाको अधिवेशन पर धकेलिएको हो ।

निर्वाचन अधिकृत नतोकिए पनि पुस २७ मै अधिवेशन सम्पन्न हुने उनले दाबी गरे । ‘निर्वाचनको मितिसम्ममा निर्वाचन अधिकृत तोकेर आइसक्छन्,‘ उनले भने, ‘त्यसैले २७ गतेभन्दा पनि पुनः अधिवेशन सर्दैन ।’

केन्द्रीय समितिमा भने चितवनबाट पाँच जनाले नेतृत्व पाइसकेका छन् । नेपाली कांग्रेसको इतिहासमै पहिलोपटक चितवन जिल्लाले एकैपटक पाँच जनाले केन्द्रीय समितिमा अवसर पाएका हुन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

ताजा

माओबादी पोलिटब्युरो सदस्यमा छोरि रेणु दाहाल र बुहारी बिना मगर

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.