बेलायत सरकारले ओमिक्रोन भेरियन्टको संक्रमण गति घटाउने उद्देश्यले माध्यमिक विद्यालयहरुका कक्षाकोठामा सबै बिद्यार्थीलाई फेसमास्क अनिवार्य गर्ने घोषणा गरेको छ ।
आगामी सत्रमा साक्षात्कार सिकाईका लागि खोलिन लागेका बिद्यालयहरुमा यो केहि समयका लागि मास्क लगाइनु पर्ने प्रावधान लागु गरिन लागेको हो । यसैबीच छ वटा विद्यालय कर्मचारी संघले भाइरसको विस्तार नियन्त्रणका लागि तत्काल कारवाही अघि बढाउन माग गरेका छन् ।
तिनीहरुले यदि समयमै थप कदम नचालिएको खण्डमा राष्ट्रिय परिक्षा नै जोखिममा पर्ने चेतावनी समेत दिएका छन् । साथै तिनीहरुले वायु सफा गर्ने इकाई, गयल हुँदा पनि आर्थिक परिपुर्ति, स्थलगत परिक्षणको व्यवस्था र बिद्यालय गुणस्तर अनुगमनको कटौति जस्त माग पनि अघिसारेका छन् ।