निराज रानाभाट , चितवन : “मिष्टर नेपाल एसिया सिजन – ३” को उपाधि चितवन जिल्लाका विशाल परियारले जितेका छन । बुधबार , साँझपखमा ६० जनालाइ पछाडी पादै बिशालले उपाधि सहित मिष्टर एसिया – २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन ।
१९ वर्षका विशाल अहिले स्नातक पहिलो वर्षको विद्यार्थी हुन । मोडलिङ्ग र नृत्यमा रुचि राख्ने विशाल अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई प्रस्तुत गर्ने तयारी सहित जिम्मेवारी थपिएको बताएका छन ।
प्रतियोगितामा म्यान अफ नेपाल प्युठान जिल्लाका सन्जित जि.सी. र मिष्टर नेशनल नेपालको उपाधि कञ्चनपुर जिल्लाका रमित कार्कीले जितेका छन् । प्रतियोगितामा मिष्टर ट्यालेण्टको उपाधि सञ्जित जि.सी. ले जितेका छन ।
६ महिना अगाडिबाट शुरु भएको प्रतियोगितामा १ सय २० जनाले अडिसन दिएका र उनीहरुबाट ६० जना छनोटमा परेको आयोजक विशाल आले मगरले बताए । विभिन्न चरणपछि प्रतियोगितामा चितवन , कञ्चनपुर , रुपन्देही , नवलपरासी र प्युठानका ५ युवा `उत्कृष्ट ५ ´ मा परेका थिए । अन्तिम प्रतियोगितामा बैकर बिन्दु सिंजाली , मिडिया पर्सनालिटी अशोक परियार , फेशन डिजाइनर मुना राना , युवा व्यवसायी अनिल अधिकारी निर्णायक रहेका थिए ।
चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शमशेर लामा प्रमुख अतिथि रहेका कार्यक्रममा चितवन स्कुल अफ फेशन , नेभारा फेशन डिजाइनिङ्ग इन्ष्च्यिुट , बिशाल स्कुल अफ फेशनको डिजाइनमा मोडलहरुले वाक गरेका थिए ।