निराज रानाभाट , चितवन : हाम्रो दृष्टि राम्रो दृष्टिकाे आयोजनामा ` सपनाको झोला विद्यार्थी छात्रवृत्ति शैक्षिक सामाग्री वितरण ´ सप्पन्न भएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका – १ , परेवाकोटमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।
सोहि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष आसमान प्रजाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षक – अभिभावक संघका अध्यक्ष पार्वती लामाकाे समेत उपस्थिति रहेको थियो ।
हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाले विगत ४ वर्षदेखि ` सपनाको झोला ´ संचालन गर्दै अाइरहेकाे छ । ` सपनाको झोला ´ कार्यक्रमले वार्षिक रूपमा ५ सय भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको छ ।
उक्त शैक्षिक सामाग्री वितरणमा सोही विद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका केन्द्रीय सचिव रोहन बगाले ले जानकारी दिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी आसमान प्रजाले यस्तो सरहानीय कार्यमा आफ्नो विद्यालयलाई सम्झेर आउनुभएकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।
हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका केन्द्रीय अध्यक्ष अरुण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई संस्थाका केन्द्रीय सह – सचिव रविन देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।