साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन प्रतितोला ९२ हजार ६०० रपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ४०० रुपैयाँ कम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम छ । शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।

