भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले महानगर भित्रका ७४ विद्यालयका छात्राहरुका लागि ४ लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड प्रदान गर्ने भएको छ ।
१ करोड १९ लाख ७४ हजार लागत अनुमानमा विद्यूतिय बोल पत्र आह्वान गर्दा घटि घटाउमा ९२ लाख ६३ हजार ३ सय ९९ रुपैयामा बोलपत्र सम्झौता भएर पहिलो चरणमा १ लाख ८० हजार प्याकेट महानगरमा उपलब्ध भई विद्यालयमा महानगरले वितरण गरिसकेको छ ।
पहिलो चरणमा आएको १ लाख ८० हजार प्याकेट लंकु स्रोत केन्द्र अन्तर्गतका ६ कक्षा माथी सञ्चालन भएका १८ बवद्यालयलाई छात्रा संख्याको आधारमा प्रति छात्रा १५ प्याकेटका दरले वितरण गरिएको छ ।
भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विद्यालयका प्रअ तथा प्रतिनिधिलाई प्याड हस्तान्तरण गरेकी हुन । अब दोस्रो चरणमा आउने प्याड अन्य विद्यालयहरुलाई हस्तान्तरण गरिने बताउँदै उपमेयर ठकुरीले यसको प्रयोग संगै फोहोरको व्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई आग्रह गरिन ।
महिनावारी भएका बेला विद्यालय जान पनि छात्राहरुलाई असहज हुने भएकोले विद्यालयमै सेनेटरी प्याडको व्यवस्थापन गर्न सके छात्राहरुको विद्यालयमा निरन्तरता गराउन सहज हुने देखिएकाले महानगरले यो कार्यक्रम गरेको उनको भनाई छ ।
आफुहरुको पालामा सरकारले यस्तो सुविधा नदिएकाले अहिले महानगरमा दुवै जना महिला जनप्रतिनिधि भएकाले छात्राहरुलाई यो सुविधा दिनु पर्छ भन्ने विषयमा नगर प्रमुखको समेत बिगतका वर्ष देखिको चाहाना भएकाले आफुहरुले यो कार्यक्रम गरेको उनको भनाई थियो । यसको सहि प्रयोग र प्रयोग पछिको व्यवस्थापन उचित तवरबाट गर्न उनको आग्रह थियो ।
भरतपुर माहानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले नगर प्रमुख रेनु दाहाल र उपप्रमुखको बिगतका वर्ष देखि वितरण गर्ने चाहाना रहँदा रहदै पनि प्रक्रियागत समस्याले गत वर्ष ५ लाख मुल्य भन्दा बढिको सामान वितरण गर्न नसकिएको र अहिले बेलैमा सार्वजनिक टेन्डर आवहान गरेर समयमै सामान खरिद गरेर वितरण गर्न सफल भएको बताए ।
यसको राम्रो संग व्यवस्थापन गरी छात्राहरुलाई हस्तान्तरण गर्न उनले बिद्यालयहरुलाई आग्रह गरे । एक छात्राका लागि १ वर्ष पुग्ने गरी प्याड बिद्यालयलाई हस्तान्तरण गरिएको पौडेलको भनाई छ ।
एक प्याकेटमा ८ वटा हुने र प्रति क्षात्रा २ प्याकेट सम्म एक मिहिनामा दिन सकिने पौडेलले बताए । पहिलो चरणमा १८ बिद्यालयलाई वितरण गरिएको र बाँकि विद्यालयका लागि प्याड आउना साथ वितरण गरिहाल्ने शैक्षिक प्रशासन महाशाखा जिन्सि शाखा प्रमुख झलक श्रेष्ठले बताए ।
यो कार्यक्रमले छात्राहरुको मनोवल बिकास र शैक्षिक बिकासमा धेरै टेवा पुग्ने उनको भनाई छ ।