नेपालमा संघीयताको अभ्यास भएसँगै विश्वमा सर्वाधिक ठुलो सञ्जाल भएको सामाजिक क्लव लायन्स इन्टरनेसनल नेपाल डिस्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गतको युथ प्रोजेक्टको रुपमा रहेको लियो क्लबको छाता संगठन लियो डिस्ट्रिक ३२५ बि १ नेपाल आगामी लायन बर्षबाट २०२२/२३मा ५ वटा डिस्ट्रिकमा विभाजन हुने भएको छ ।
१८ देखि ३० वर्ष उमेर समुहका युवाहरुको नेतृत्व विकासमा महत्त्वपूर्ण मानिएको लियो क्लव नेपालमा लियो डिस्ट्रिक ३२५ I, J, K, L र M गरी पाँचवटामा विभाजन हुने भएको हो ।
भोलि शनिवार माघ २९ गते पोखराको विरौटामा रहेको ग्यालेक्सी बैङ्केटमा भव्य समारोहका बिच नेतृत्व छनोटको प्रक्रिया आयोजना गरिएको कार्यक्रम संयोजक लियो अविशेक सुवेदीले जानकारी दिए ।
१०औ अधिवेशनबाट आगामी लायन बर्ष २०२२/२३ का लागि अस्तित्वमा आउने पाँच वटै डिस्ट्रिकका लागि एक अध्यक्ष र एक उपाध्यक्ष लागि चुनावी प्रक्रिया मार्फत छनोट गरिने लियो डिस्ट्रिक ३२५ बि १ नेपालका अध्यक्ष लियो प्रकाश थापा क्षेत्री बताउँछन्।
प्रस्तावित लियो जिल्ला परिषद ३२५ I को अध्यक्षमा लियो सुदाम लामिछाने (होम क्लब लियो क्लब अफ नुवाकोट परोपकार) साथै उपाध्यक्षको लागि लियो राजन बाबु ढुंगानाको (होम क्लब लियो क्लब अफ लेखनाथ) एकल उमेदवारी परेको छ क्रमश लियो जिल्ला परिषद ३२५ J को अध्यक्षको लियो किरण थापा क्षेत्री (होम क्लब लियो क्लब अफ काठमाडौं मिराकल) साथै उपाध्यक्षको लागि लियो बिष्णु प्रसाद दाहालको (होम क्लब लियो क्लब अफ हेम्जा).लियो जिल्ला परिषद ३२५ K को अध्यक्षको लियो दीप्ती न्यौपाने (होम क्लब लियो क्लब अफ पोखरा सँगम) साथै उपाध्यक्षको लागि लियो अबिरल पौडेलको (होम क्लब लियो क्लब अफ काठमाडौं स्वयम्भु टाउन) लियो जिल्ला परिषद ३२५ L को अध्यक्षको लियो योगेश गौतम (होम क्लब लियो क्लब अफ पिसआइज) साथै उपाध्यक्षको लागि लियो सन्तोष ढकालको (होम क्लब लियो क्लब अफ काठमाडौं ,वेदव्यास) र लियो जिल्ला परिषद ३२५ M को अध्यक्षको लियो सुशिल भण्डारी (होम क्लब लियो क्लब अफ पोखरा मौउनटेन सिटी) साथै उपाध्यक्षको लागि लियो आस्विन खतिवडाको (होम क्लब लियो क्लब अफ काठमाडौं देउराली ) को उम्मेद्वारी परेको मनोनयन अधिकृत लियो आदर्श मोहन भट्टराईले जानकारी दिनु भयो । एकल उमेदवारी परेकोले निर्वाचनको सम्पूर्ण प्रकृया पुर्याई सर्वसम्मत निर्वाचन सम्पन्न गर्ने निर्वाचन अधिकृत लियो विनायक पौडेलले चित्रवन खबरलाई जानकारी दिनु भयो ।