
चनौली । लायन्स क्लब अफ चनौलीले लायन वर्ष २०२५⁄०२६ का लागि चुनिएका नयाँ कार्यसमितिका पदाधिकारीलाई शनिबार पद हस्तान्तरण गरेको छ।
लायन वर्ष २०२४⁄०२५ का अध्यक्ष लायन पवन ढकालले लायन वर्ष २०२५⁄०२६ का अध्यक्ष लायन अमृत न्यौपानेलाई अध्यक्षको कार्यभार हस्तान्तरण गरेकाहुन।
त्यस्तैगरी वर्ष सन् २०२४÷२०२५ का सचिव कालिकाप्रसाद खनाल र कोषाध्यक्ष आरति ढकालले वर्ष सन् २०२५÷२०२६ का सचिव प्रकाश शर्मा र कोषाध्यक्ष अश्मिता नेवारलाई माइन्युट दिएर पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फस्ट भिडिजी एमपिजेएफ प्रभाकर पण्डितले लायन्स क्लब चनौली यहाँ सम्म आइपुग्दा उत्कृष्ट कार्य गरी पाको क्लबको रुपमा स्थापित भएको बताए । उनले भने, ‘यो क्लब आफैमा गौरवपूर्ण क्लव हो, यसले गरेका कयौं काम महत्वपूर्ण रहेका छन्, यसको निरन्तरता दिन आवश्यक छ ।’
कार्यक्रममा सेकेण्ड भिडिजी एमपिजेएफ लायन दिपेन्द्र खतिवडाले क्लबले गरेको काम आफैमा महत्वपूर्ण रहेको बताउँदै स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराका साथ सेवा भावमा लाग्नको लागि सबैले प्रेरणा लिनुपर्ने बताए ।
सिनियर डिपार्टमेन्ट कोर्डिनेटरलायन कमलप्रसाद श्रेष्ठले लायन्स क्लबहरुको कर्तब्य नै निस्वार्थ भावनाले आफु भन्दा कमजोर बर्ग समुदाय लाइ सेवा गर्नु रहेको भन्दै त्यसमा क्रियाशील हुन सुझाव दिए ।
लायन्स क्लब अफ चनौलीका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठले लायन्स क्लबले व्यक्तित्व विकाससँगै सामाजिक विकासमा पनि अतुलनिय योगदान गरेको बताए ।
सो अवसरमा क्लबका पुर्व अध्यक्ष तथा सल्लाहकार लायन एकनारायण पौडेलले कार्यक्रममा सहभागी भएकाहरूलाई स्वागत गर्दै नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिय।
त्यस्तैगरी क्लबका पूर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखा सभापति ओमप्रसाद लामिछानेले सामाजिक कार्यमा चनैलीको अत्यन्तै महत्वपूर्ण योगदान रहेकोले आगामी दिनमा पनि नयाँ नेतृत्वले उत्कृष्ट कार्य गर्न सुझाव दिदैं कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
चनैली बजार व्यवस्थापन समितीका अध्यक्ष हुमनाथ ढकालले नयाँ नेतृत्वमा युवा, ऊर्जाशील र समाजप्रति उत्तरदायी व्यक्तित्वहरू आएको बताउँदै यसले संस्था अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा उनले जोड्दिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अमृत न्यौपानेले आफ्नो कार्यकालमा रक्तदान, वृक्षरोपण, खेलकुद, स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरु सम्पन्न गर्ने योजना भएको बताए ।
अध्यक्ष न्यौपानेले क्लवको आगामी कार्यकालमा स्थानीय तह, सरकारी निकाय र संघ–संस्थासँग समन्वय गर्दै जनसेवामूलक कार्यलाई प्राथमिकतामा राख्ने वताए ।
उनले अग्रजहरुले दिएको मार्गदर्शनलाई अनुकरण गर्दै जाने समेत बताए । त्यसका लागि सबै लायन्सहरुको साथ र सहयोग अपरिहार्य भएको बताए ।
वर्ष सन् २०२४⁄०२५ का निवर्तमान अध्यक्ष लायन पवन ढकालले आफ्नो कार्यकालमा सहयोग पु¥याउने क्लबका पूर्व अध्यक्ष तथा सदस्यहरुलाई धन्यवाद दिएका थिए ।




