निराज रानाभाट, चितवन । सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता ’ हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका -२६, ज्योतिनगर हाटबजार परिषरमा भदौ १० गते, मंगलबार, दिउँसो १:०० बजेदेखि गर्न लागिएको सो कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेटका प्रस्तुति र थुप्रै चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सरिता ईभेन्टसकी अध्यक्ष सरिता आचार्यका अनुसार उक्त कार्यक्रममा चन्दा अर्याल, रमेश श्रेष्ठ ( मेलोडी ), अनिल सुनार, सरिता गुरुङ श्रेष्ठ, सुमन रोक्का, सोनिका क्षेत्री, गोबिन्द सापकोटा, भुमिराज रेग्मी, आरती सापकोटा साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । त्यसैगरी, उक्त कार्यक्रमको भरतपुर महानगरपालिका २६ नं. वडा कार्यालय संरक्षकको रुपामा रहेको छ, भने सह – आयोजकमा ज्योतिनगर बजार व्यवस्थापन समिति र ज्योतिनगर हाटबजार व्यवस्थापन समिति रहेको छ ।
यस्तै, उक्त कार्यक्रमको प्रायोजकमा आरती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, प्रकृति कपास उद्योग, होटल जमघट र सोफा हव चितवन रहेका छन् । यसैगरी, उक्त कार्यक्रमको सह – प्रायोजकमा बिमला ब्युटी पार्लर, लम्साल इन्टरप्राइजेज, रोशन होमियोप्याथिक फामेर्सि, अर्भिक ईन्टरप्राइजेज्, कृष्ण मोबाइल हाउस, शुभ श्री मोबाइल पोइन्ट, ब्युटी लुक्स पार्लर, हाम्रो बेकरी, मनाङ चामल, किलियर भिजन अप्टिकल हाउस, कल्पु क्लेक्सन, एभरेष्ट ट्राभल तथा कुरियर सेवा, बी – हेन्सी टेलरिङ एण्ड सटिङ सुटिङ सेन्टर र ग्यालेक्सी गार्डेन रिसोर्ट रहेका छन् । साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जन अपडेट डटकमलगायतका मिडिया रहने छन् ।