मदरल्याण्ड द्वारा नतिजा प्रकाशन र विद्यार्थीलाई सम्मान
शुक्रनगर । मदरल्याण्ड ईंलिस बोर्डिङले मलेसियामा सम्पन्न अन्तराष्ट्रिय पोष्टकार्ड प्रतियोगितामा विजेता विध्यालयका विध्यार्थीहरूलाइ सम्मान तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ।
भरतपुर२५ शुक्रनगरमा अवस्थित उक्त विद्यालयले विहिबार एक भब्य कार्यक्रमका बीच सम्मान तथा नतिजा प्रकाशन कार्यक्रम गरेको हो।
मलेसियाको एसके वायन लेपास टु विध्यालयमा सम्पन्न विश्वका ४० विध्वालय विच भएको अन्तराष्ट्रिय पोष्टकार्ड प्रतियोगितामा मदरल्याण्ड ईंलिस बोर्डिङकि दिपिका घिमिरे प्रथम र कौसल भुजेल तृतिय भएका थिय।
कार्यक्रमका प्रमुख अतिथी भरतपुर २५ का वडाध्यक्ष छविलाल सापकोटालेमदरल्याण्ड लाई जिल्ला, प्रदेशको मात्र नभई देशकै उत्कृष्ट शैक्षिक गन्तब्य बनाउनुपर्नेमा जोड दिए। उनले स्थापना देखि अहिलेसम्म आउँदा विद्यालयले धेरै फट्को मारेको बताउदै वडाध्यक्ष सापकोटाले शैक्षिक गुणस्तरमा सकरात्मक प्रभाव छाड्न सफल मदरल्याण्ड लाई यो गरिमालाई जोगाउँदै अगाडी बढ्न सुझाव दिय ।
अन्तराष्ट्रिय मञ्चमा विजेता बनी देश र विध्यालयको नाम उच्च राख्ने विध्यालयलाइ उच्च सम्मान गर्दै पुरस्कृत गरीयको विध्यालयका प्रिन्सिपल नवराज भट्टले वताए।विद्यार्थीको मनोभावना बुझेर सोही वातावरणमा अध्यापन गराउँदै आएको बताउदै प्रिन्सिपल भट्टल्र विद्यार्थीको अहोरात्र मेहेनतले सफलता प्राप्त हुने भन्दै अध्ययनशिल बन्न सुझाव दिय । विद्यालयले खेलकुदसंगै अतिरिक्त क्रियाकलापलाई पनि विशेष प्राथामिकता दिएको भन्दै यसलाई निरन्तरता दिने उनले वताए।