लायन्स क्लब अफ चनौलीको वार्षिक साधारण सभा तथा फेलोसिप

चनौली। लायन्स क्लब अफ चनौलीको वार्षिक साधारण सभा तथा फेलोसिप कार्यक्रम सम्पन्न भएको छ ।
कालिका न.पा. स्थित भिमवली पार्कमा अध्यक्ष अमृत न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा क्लबले विगतमा गरेको विभिन्न कार्यक्रमहरुको समिक्षा गर्दै सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ चनौलीका सस्थापक अध्यक्ष राजकुमार श्रेष्ठले लायन्स क्लबले व्यक्तित्व विकाससँगै सामाजिक विकासमा पनि अतुलनिय योगदान गरेको बताए ।
लायन्सको पृष्ठभूमिको बिषयमा जानकारी दिंदै उनले संचालन हुने बिभिन्न कार्यक्रमहरुमा क्लवका सम्पूर्ण र पुर्व पदाधिकारीहरुलाइ पनी एकजुट हुन आग्रह गरे ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष एकनारायण पौडेलले लायन्स क्लवको उद्देस्य सफलहोस भन्ने शुभकामना दिंदै यस सस्ंथाले महिला बालबालिकाका बिभिन्न समस्याहरुलाई समाधान गर्न बिभिन्न स्वास्थ्य शिविर तथा कार्यक्रमहरु संचालन गर्दा सबै संग समन्वय गरेर अगाडी बढ्नु पर्नेमा जोड दिय ।
पुर्वअध्यक्ष ओमप्रसाद लामिछानेले सेवा प्रदायक समाजिक संस्थामा सबैभन्दा ठूलो र फैलिदै गएको संस्थाको रूपमा लायनलाई नै अगाडि देखिने वताए।
लायन्सले उदाहरणीय कार्यक्रम संचालन गरी नाम चिनाउन सफल भएको चनैली वजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकालले वताए।
सेवा, नेतृत्व विकास र भाइचारा सम्बन्धको अभिवृद्धिलाई प्राथमिकतामा राखेर लायन्स क्लबअगाडि बढन आवश्यक रहेको गुञ्जनगर खानेपानीका अध्यक्ष महेन्द्र गुरूङले वताए।
कार्यक्रममा पुर्वअध्यक्षहरू मन्दिरा पोखरेल,रञ्जना शर्मा, विष्णुमाया पराजुली, रञ्जिता न्यैपाने तथा, चनैली टोल विकास सस्थाका अध्यक्ष कालिका प्रसाद खनाल, मेनका रायमाझी लगायतले आ–आफ्नो धारण राखेका थिए ।
क्लबका अध्यक्ष अमृत न्यौपानेले शिक्षा, स्वास्थ, जनचेतना र पर्यावरण आदि क्षेत्रहरु सञ्चालन गरिने अभियान नै लायन्सका मुख्य गतिविधि र कार्यहरु रहेको र यसको श्रोत स्थानीय जनता, समुदाय, संघ संस्थाको सहयोग, लायन्स क्लबका सदस्यका सहयोग नै रहेको वताए।
‘हामी सेवा गर्छौ’ भन्ने लायन्सको मूलमन्त्रलाई सार्थकता दिदै मानविय सेवाका काममा समर्पित भएर लागिरहेको सचिव प्रकाश शर्माले वताए ।

