टेम्वोर्थ, अष्ट्रेलिया — दीपक प्रसाद आचार्यको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘परान’ ले अष्ट्रेलियामा दोस्रो हप्तामा पनि सफलताका साथ प्रदर्शन जारी राखेको छ। पारिवारिक कथा र सामाजिक सन्देश बोकेको यो चलचित्रले सास रहुन्जेल साथ रहने सम्बन्धलाई भावनात्मक रुपमा प्रस्तुत गरेको छ। रणजीत आचार्य र शेखर गोल्छाद्वारा निर्मित यस चलचित्रको अष्ट्रेलियाका प्रमुख सहरहरूमा भव्य प्रदर्शन भइरहेको छ।
नमस्ते इन्टरटेनमेन्टको आयोजनामा चलचित्रको विशेष प्रदर्शन आगामी सोमबार, डिसेम्बर १ तारिखका दिन साँझ ७:०० बजे टेम्वोर्थस्थित फोरम ६ सिनेमा हलमा हुँदैछ। टम्वर्थमा रहेका नेपाली दर्शकहरूले चलचित्रप्रति देखाएको उत्साहलाई ध्यानमा राख्दै टम्वर्थ इभेन्ट्सले यो विशेष शो आयोजना गरेको हो।
चलचित्रमा कुशल कलाकारहरूको अभिनयका साथै पारिवारिक कथावस्तुले दर्शकहरूको मन जितिरहेको छ। ‘परान’ हेर्नका लागि टिकट तथा थप जानकारीका लागि टेम्वोर्थ इभेन्ट्सका संचालक सुरेश श्रेष्ठलाई सम्पर्क गर्न सकिनेछ।

