काठमाडौं — “जहाँ रहे पनि नेपाली हुँ” भन्ने भावनालाई अगाडि सारदै गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता घोषणा आयोजना गरिएको छ। आज सिंहदरबारमा आयोजित यस कार्यक्रमे प्रधानमन्त्री सुशीला कार्कीले एनआरएनएको एकता देशको विकास र पुनर्निर्माणको “कोसेढुङ्गा” सावित हुने बताएका छन्।
विदेशमा बसेर मेहनत गर्ने नेपालीको दुःख, अलगावको पीडा र माटोप्रतिको प्रेम बुझेर प्रधानमन्त्री कार्कीले “आपनो अर्जित ज्ञान, आय र अनुभवलाई अपनो देशको विकासमा लगाउनुहोस्” भन्न आह्वान गरिन्। उनले गैरआवासीय नेपालीलाई संविधान र कानुन बमोजिमका सबै अधिकार, व्यवसायिक स्वतन्त्रता, शिक्षा र राजनीतिक सहभागिताको सुविधा सरकारले दिने आश्वस्ति दिलाइन्।
जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदामा भएको ठूलो क्षतिलाई “शान्त तलाउमा ढुङ्गा हानिएजस्तो” वर्णन गरी पुनर्निर्माणमा विदेशी नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
प्रधानमन्त्रीले हार–जितलाई स्वाभाविक मान्दै राजनीतिक दलहरूले एनआरएनएको एकता र पारदर्शिताबाट सिख्न आवश्यक रहेको समेत उल्लेख गरिन्। “गल्ती गरे सजाय हुन्छ, स्रोतको दुरुपयोग नगर्नुहोला, राष्ट्रहितमा लाग्नुपर्छ” भन्ने कार्कीको निर्देशनले कर्मचारी र राजनीतिकहरूलाई जिम्मेवारीबोधको सन्देश दिएको छ।

